सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा दिने पहिलो बैंक

Machchapuchchre

अर्थ राजनीति ~ सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने पहिलो बैंक बनेको छ । डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) अपग्रेड गरेको छ । बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप् वा वेव ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याबलेट र ल्यापटपरकम्प्युटरबाट पनि चलाउन सकिने बिज्ञप्तिमा उल्लेख गरिएको छ । नयाँ भर्सनका साथमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी सोधपुछ आदि सेवाहरुको लाभ उठाउन सक्ने जनाएको छ । खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआरकोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि ग्राहकले प्रयोग गर्न सक्नेछन् । बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्नर डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्ने बैंकले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्