बैङ्कको निक्षेप सङ्कलन घट्यो, कर्जा लगानी भने बढ्यो

अर्थ  राजनीति ~  वाणिज्य बैङ्कहरुको निक्षेप सङ्कलन पछिल्लो साता घटेको छ । जेठ ७ देखि १४ गतेसम्म निक्षेप ५ अर्बले घटेको छ । जेठ सात गतेसम्म बैङ्कहरूसँग ३९ खर्ब ६१  अर्ब रुपैयाँ रहेकोमा त्यसको एक सातापछि ५ अर्बले कमी आउँदै ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ । तर, यस अवधिमा बैङ्कको […]

सेयर बजार : एकैदिन १७ अर्बको रेकर्ड कारोबार

अर्थ राजनीति  ~   शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन कारोबारको पुँजीगत लाभकरको दरमा ५० % ले वृद्धि गरेको भए पनि सेयर बजारमा यसको असर देखिएन। पुँजीगत लाभकर वृद्धिले सेयर बजारमा नकारात्मक असर पार्ने अनुमानविपरीत आइतबार बजार उकालो लाग्नुको साथै नयाँ रेकर्ड कायम गरेको छ। बजेटले एक वर्षभन्दा कम अवधिमा बिक्री गरेको धितोपत्रमा हुने लाभ […]

आज पनि बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी […]

आज साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन शुक्रबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला […]

साढे २ प्रतिशत बढायो शेयर बजारको पूँजीगत लाभकर

अर्थ राजनीति  ~ सरकारले शेयर कारोबारवाट लाभ प्राप्त गर्ने लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर २ दशमलव ५ प्रतिशत बढाएको छ । यस अघि ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । सरकारले यस वर्ष बढाएको साढे २ प्रतिशत पूँजीगत लाभकरको भार भने अल्पकालिन लगानीकर्तामा मात्र पर्ने भएको छ । सरकारले जारी गरेको आर्थिक अध्यादेशमा एक वर्षभन्दा कम […]

पछिल्लो समयमा निरन्तर शेयर बजार उकालो चड्दै छ , के कारण ?

अर्थ राजनीति  ~  विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा शेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ र नौवटा कारणले पछिल्लो समयमा निरन्तर शेयर बजार उर्लिएको हो। […]

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने सरकारको तयारी

अर्थ राजनीति  ~  सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । सेजनले आयोजना गरेको श्रव्य दृश्य अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिन लागिएको बताए । नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुमति दिन अस्वीकार गर्दै आएको […]

निषेधाज्ञा अवधिभर लिलामी गर्न र जरिवाना लगाउन पाइने छैन : राष्ट्र बै‌क

अर्थ राजनीति  ~  कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण […]

आज बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~ नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा सात सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ । यो मूल्य पछिल्ला केही महिना यताकै उच्च हो । […]

राष्ट्र बैंक द्वारा बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई छोटो अवधिका लागि सेयर कारोबार गर्न रोक लगाएको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले एक वर्ष भन्दा कम अवधिका लागि लगानी बन्देज गर्नुुका साथै बिक्रीमा समेत कडाइ गरेको छ । विद्यमान व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक […]