आज पनि बढ्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९४ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३६० पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्