” विदेशी लगानीकर्ताको लागि एकल बिन्दु सेवा सुरू गर्दैछौं ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले […]

राष्ट्र बैंकले ल्यायो बैंकहरुका लागि अन्तिम ऋणदाता सुविधा

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी नियमावली सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा कार्यान्वयन गर्ने उद्देश्यले नियमावली ल्याएको हो । बैंकदरमा २ प्रतिशत थप ब्याज लाग्ने गरी बैंकहरुलाई यस्तो सुविधा दिन लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले यसरी पाएको सुविधा ६ महिनासम्म तिर्नुपर्ने हुन्छ […]

ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उद्योगी व्यवसायी

अर्थ राजनीति  ~  बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आजदेखि उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् । देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गर्ने भएका हुन् । माइतीघर मण्डलामा सडकमै उत्रिएर ब्याजदर घटाउन माग गर्दै आन्दोलन गर्न लागेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । […]

आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  आज सुनको मूल्य तोलामा १ हजार ७०० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा  छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ रहेको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ […]

ह्वात्तै बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ६ खर्ब ८९ अर्ब

अर्थ राजनीति ~  चालू आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ८९ अर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार ७ महिना (साउन–माघ) सम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा कुल ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.१ प्रतिशतले […]

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषका बीचमा डिजिटल प्रबिधिको उच्चतम प्रयोगमा जोड दिने उद्देश्यले सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरे । कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यस अघिदेखि राष्ट्रसेवक कर्मचारीहरुको कर्मचारी […]

फेरि आन्दोलनको तयारीमा निजी क्षेत्र

अर्थ राजनीति ~ ऋणको साँवा–ब्याज नतिर्ने र ब्याज असुली गर्न आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान चलाएका व्यवसायी दुर्गा प्रसाईंका कारण एक महिनादेखि बैंक तथा वित्तीय क्षेत्र त्रसित छ । यही बेला निजी क्षेत्रका विभिन्न संघसंस्था मिलेर बैंक ब्याजदरका विरुद्धमा फेरि आन्दोलन गर्ने तयारी गरेका छन् । आन्दोलनको प्रारुप तयार गर्न भोलि शनिबार राजधानीमा देशभरका सम्पूर्ण […]

आधार दरमा बढीमा ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने, बचतको ब्याज पनि घट्ने

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघले मुद्दति निक्षेपको ब्याज दर यथावत राखेर बचतको ब्याज दर घटाउने निर्णय गरेको छ। सबै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधीहरु सहभागी बैठकले चैत १ गतेबाट लागू हुने ब्याज दर पुनरावलोकन गरेको हो। अहिले बचतको ब्याज दर ६.४२ देखि ८.४ प्रतिशतसम्म छ। यसलाई ६ देखि ८ प्रतिशत कायम गर्ने […]

अपर तामकोशीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

अर्थ राजनीति  ~  अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) सँग अनुमति मागेको छ । कम्पनीले १ बराबर १ को अनुपातमा रू. १० अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि फागुन १८ गते बोर्डसँग अनुमति मागेको हो । यस अघि फागुन १६ गते विद्यु्त नियमन आयोगले पनि […]

प्रधानमन्त्रीसंग वैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले गरे छलफल

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरोकारवालाहरुसँग बैंक तथा वित्तीय क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बारे छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार भएको छलफलमा उद्यमी व्यवसायी, बैंकरसहित सरोकारवाला सहभागी छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले सर्वसाधारणलाई चर्को व्याज लिएको भन्दै विरोध भइरहेको छ ।