मर्जर : राष्ट्र बैंकको सहुलियत पाएर बैंकको संख्या २१ मा झर्दै

अर्थ राजनीति  ~   अब मर्जरका लागि सहमति गर्ने वाणिज्य बैंक र लघुवित्तहरुले राष्ट्र बैंकले दिने सहुलियत नपाउने भएका छन्। राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमा, पुस मसान्तसम्म एकीकृत कारोबार गर्नेहरुलाई पनि सहुलियत प्याकेज घोषणा गरेको थियो। यसअघि मर्जर सम्झौता गरेका पाँच जोर बैंकहरुले पुसअघि नै एकीकृत कारोबार गर्दैछन्। कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स […]

वाणिज्य बैंकहरूको नाफा कात्तिकमा ३४ प्रतिशत बढ्यो

अर्थ राजनीति  ~  वाणिज्य बैंकहरूले एक महिनामै ३४ प्रतिशतले नाफा बढाएका छन् । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको नाफा ३४ प्रतिशतको बढेको हो । गत असोजसम्ममा वाणिज्य बैंकहरूले १८ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए । कात्तिकमा बैंकहरूको नाफा २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । यो करिब ३४ प्रतिशतको बढोत्तरी हो । […]

राष्ट्र बैंकले पाँच अर्बको विकास ऋणपत्र बिक्री गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार मंगलबार विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।‘विकास ऋणपत्र २०८३’ नाम दिइएको सो ऋणपत्र ४ वर्ष अवधिको रहेको छ । उक्त ऋणपत्रको बोलकबोल मंगलबार र बुधबार […]

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

अर्थ राजनीति  ~  चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा […]

बजारको गति अस्पष्ट, एक सातामा ३४ अंक घट्यो नेप्से

अर्थ राजनीति  ~  केही समयदेखि निश्चित बिन्दुमा तलमाथि गरिरहेको (साइडबेज मुभमेन्टमा) नेप्से परिसूचक १८६८ को न्यून बिन्दुबाट बढ्ने प्रयासमा देखिएको छ। तर, अझै पनि नेप्सेको दिशा स्पष्ट नभएको प्राविधिक विश्लषणहरूले देखाउँछ। गत साता भने बजार परिसूचक नेप्से ३४.६८ अंकले घटेर १८८२ मा बजार बन्द भएको छ। सातामा कारोबार रकमका समेत ११ प्रतिशतले घटेको छ। अघिल्लो साता चार […]

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

अर्थ राजनीति  ~  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ । तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र […]

पुषभरी चालु पुँजी कर्जा ठप्प, सीमा बढाउन र नवीकरण गर्न नपाउने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाले आजबाट एक महिनासम्म चालु पुँजी कर्जा ठप्प पार्ने भएका छन्। राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार एक महिना चालु पुँजी कर्जा ठप्प हुने भएको हो। कात्तिक १ बाट लागू भएको मार्गदर्शनको सबैभन्दा कडा व्यवस्था पुस १ बाट लागू भएको हो। चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शनको १०.१२ नम्बरको बुँदामा भएको व्यवस्थाले […]

अर्जेन्टिना र फ्रान्स विश्वकपको उपाधिका लागि भिड्ने

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकपमा उपाधिका लागि अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्ने भएका छन् । बुधबार दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ह्युगो लोरिसको टिमले उपाधिका लागि लियोनल मेसीसँगको भेट पक्का गरेको हो । फ्रान्सको जितमा थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे । फ्रान्सअघि अर्जेन्टिनाले सेमिफाइनलमा […]

लागत कम गर्न स्थायी तरलता सुविधाको दर घटाउने तयारीमा राष्ट्र बैंक

अर्थ राजनीति  ~   चर्को ब्याज दरका कारण ब्यापार व्यवसाय ठप्प भएको भन्दै उद्योगी/व्यापारी आन्दोलित भइरहेका बेला नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाउने गृहकार्य गरेको छ। राष्ट्र बैंकले साविकभन्दा १ प्रतिशत विन्दु घटाउने गृहकार्य गरेको हो। मौद्रिक नीतिमार्फत ७ प्रतिशतको स्थायी तरलता सुविधा (एसएलएफ) लाई साढे ८ प्रतिशत पुर्‍याएपछि बैंकहरुले निक्षेपको ब्याज बढाएका छन्। महँगोमा निक्षेप […]

सिद्धार्थ बैंक अवार्डबाट सम्मानित

अर्थ राजनीति  ~  सिद्धार्थ बैंक लिमिटेड ‘दोस्रो बेस्ट म्यानेज्ड कर्मसियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एजले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई उक्त अवार्डको उपाधिबाट सम्मान गरिएको हो । उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरे । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप […]