विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

अर्थ राजनीति ~   तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उहाँको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा […]

कोरियन भाषा परीक्षाका लागि आवेदन माग

अर्थ राजनीति ~ वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र […]

कोरोना बढ्न थालेपछि नेपाल – भारत नाकामा बढाइयो सतर्कता

अर्थ राजनीति  ~ कारोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा  नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा  स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । जमुनाह नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षकले बताए । बाँकेमा […]

नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग

अर्थ राजनीति  ~  नेपाल प्रहरी प्रधान कार्यालयले ४७४ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ७४ जना प्रहरी सहायक निरिक्षकका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी […]

१ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार

अर्थ राजनीति  ~  चालू आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ५ लाख ५५ हजार पुगेको छ। यो सङ्ख्या आर्थिक वर्ष २०७४\०७५ पछिको सबैभन्दा बढी हो। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै […]

वैदेशिक रोजगारीका नाममा ठगिदै नेपाली युवा

अर्थ राजनीति  ~  वैदेशिक रोजगारीमा जाने कतिपय युवा अन्जानमा र कतिपय जानजान फस्ने गरेको पाइएको छ । सिप नसिकी जाने तोकिए भन्दा बढी पैसा रोजगारदाता लाई बुझाउने र कानूनी दायित्व पूरा नगरी विदेश जाँदा युवाले बढी दुःख पाइरहेका छन् । रोजगारीका लागि विदेशिने युवा धेरै जसो आफ्नबाटै पीडित हुने गरेको पनि पाइएको छ । विदेश […]

प्रदेश १ लोक सेवाले खुलायो इन्जिनियरिङ सेवाको विज्ञापन

अर्थ राजनीति  ~  प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ । सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो । परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले जनाएको […]

आस्कमी म्यानेजमेन्ट : भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू

अर्थ राजनीति  ~  दोस्रो संस्करणको ‘भर्चुअल जब फेयर’ बुधबारदेखि सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले यही मार्च ३१ देखि अप्रिल २, २०२१ सम्म  अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरू गरेको हो । कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना […]

तथ्यांक विभागले तथ्यांक संकलक/डिजिटाइजर पदको लागि आवेदन खुलाएको

अर्थ राजनीति ~ केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाका लागि तथ्यांक संकलक/डिजिटाइजर पदको आवेदन खुलाएको छ ।स्थानीय तहहरूको गणना क्षेत्र नक्सा तयारीका लागि २२ जना संकलक/डिजिटाइजर करारमा नियुक्त गर्न लागेको हो । जिओमेटिक्स इन्जिनियरिङमा डिप्लोमा उत्तीर्ण वा प्रमाणपत्र (प्लस टु) उत्तीर्ण गरी तीन महिना जीआइएस सम्बन्धी काम गरेको व्यक्तिले यो पदका लागि आवेदन दिन […]

नेपाल प्रहरीमा ५ हजार २२७ जनाको भर्ना ख्ल्यो

अर्थ राजनीति ~ प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा नयाँ भर्ना लिने भएको छ। रिक्त रहेको प्रहरी जवान पदका लागि ५ हजार २ सय २७ जना खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार नयाँ भर्ना लिने भएको हो । प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली […]