जनआन्दोलन संयोजन समितिद्वारा सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो घोषणा गरेको हो । नेपालको हितविपरीत गरिएका सन्धि, सम्झौता र भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरिएको समितिले जानकारी दियो। समितिले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आन्दोलनमा उत्रन सबैसँग आग्रहसमेत गरेको […]

मंसिर १४ गते पोखरामा सवारी साधन चलाउन नपाइने

कास्की । जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ । मङ्सिर १३ गते राति १२: ०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधिभर जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलद्वारा जारी गरिएको सूचनामा […]

अर्घाखाँची दुर्घटनाप्रति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार अर्घाखाँचीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले घटनाले मर्माहित बनाएको भन्दै मृतकलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै, परिवारजनामा समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार वक्तव्यमार्फत सभापति देउवाले घाइतेलाई ढिलो नगरी सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारलाई […]

अस्पतालको शैयाबाट ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भने- ‘तीव्र गतिमा सुधार भइरहेको छ !’

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शैयामा उपचारत प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो स्वास्थ्यबारे आफै जानकारी दिएका छन् । प्रधानमन्त्रीले बिहीबार बिहान १०:४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । यस्तै प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक […]

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पले गरे हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन् । अमेरिकी काँग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ । हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ । राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति […]

उपनिर्वाचनका लागि मौन अवधि शुरु, अब प्रचार गर्न नपाइने

काठमाडौं । उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्‍याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन । निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै […]

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे – चिकित्सक भन्छन्- अझै ‘पूर्ण खतरामुक्त’ अवस्था छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै ‘पूर्ण खतरामुक्त’ नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनीहरूका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् छ । ‘हाल शल्यक्रियाको माध्यमले पेट सफा गरेर संक्रमणको स्रोत हटाएका छौं,’ उपचारमा संलग्न चिकित्सक भने, ‘अहिले एन्टिबायोटिक […]

‘उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्नु हुदैन, त्यागी, इमान्दार नेता खेमराजलाई जनताले न्याय गर्नुपर्छ’

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताए । कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई […]

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको बस दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु

रुपन्देही । अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक सुरद सुवेदीले जानकारी दिए। बुधबार दिउँसो करिब २ बजेतिर लु २ ख २१४८ बस सन्धिखर्कबाट बुटवल आउँदै गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटनामा परेको हो। अहिलेसम्म ५ जना पुरुष र तीन […]

प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाले लिए जानकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जानकारी लिएका छन् । सभापति देउवाले बुधबार महाराजगन्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए । डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मंगलबारभन्दा आज सुधार रहेको जानकारी दिएको सभापति देउवाका निजी सहयोगी भानु […]