अस्पतालको शैयाबाट ट्वीट गर्दै प्रधानमन्त्री ओलीले भने- ‘तीव्र गतिमा सुधार भइरहेको छ !’

Machchapuchchre

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शैयामा उपचारत प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो स्वास्थ्यबारे आफै जानकारी दिएका छन् । प्रधानमन्त्रीले बिहीबार बिहान १०:४५ बजे ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्थामा तीव्र गतिमा सुधार आएको जानकारी दिएका छन् । उनले ट्वीटरमार्फत नै शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । यस्तै प्रधानमन्त्रीको शल्यक्रिया गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको जनाएका छन् ।

‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ ट्वीटमा प्रधानमन्त्री ओलीले भनेका छन् । ओलीको ट्वीट सत्तारुढ नेकपाका नेता कार्यकर्तालाई भावुक बनाएको छ ।

ओलीलाई उपचारका सबै व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको विज्ञप्तिमा उल्लेख छ । त्यसअघि हिजो साँझ जारी विज्ञप्तिमा प्रधानमन्त्री कुराकानी गर्न सक्ने अवस्थामा रहेको र सुप लगायतका केही तरल पदार्थ मुखबाट खान दिइएको जनाइएको थियो ।उसो त् प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै ‘पूर्ण खतरामुक्त’ नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्