काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्रीमा झर्यो, चिसो अझै बढ्ने अनुमान

काठमाडौं । देशभर चिसो बढ्दो अवस्थामा छ । काठमाडौंसहित देशभरका शहरमा मापन गरिएको तापक्रम पनि क्रमश: घटिरहेको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यसवर्षकै कम हो । यसअघि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्रीसम्म मापन भएको थियो । मौसमविद्हरुले अब तापक्रम अझै घट्ने र चिसो बढ्ने […]

मृत्युदण्ड पाएका परवेज मुशर्रफको साथमा उभियो सेना, अदालतको फैसलाप्रति कडा आपत्ति

काठमाडौं । आफ्ना पूर्वप्रमुख परवेज मुशर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ। इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मुशर्रफलाई मृत्युदण्ड दिने फैसला मङ्गलवार गरेको थियो। मुख्य न्यायाधीशसहित तीन सदस्यीय इजलासले बहुमतको आधारमा उक्त निर्णय सुनाएको थियो। पाकिस्तानी सेनाले त्यसले आफ्ना सबै […]

पत्रकार महासंघकाे संगठन भेला सम्पन्न, नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशनको पूर्व तयारीमा जुटेको छ । यही मंसिर २९ र ३० गते पत्रकार महासंघ नवलपुरको आतिथ्यतामा देबचुली नगरपालिकाको वडा नं १७ स्थित पिप्रहर सामुदायिक होमस्टे ग्राममा भएको संगठन समितिको बैठक तथा भेलाले महाधिवेशनमा केन्द्रीत भई नयाँ सदस्यता शुद्धिकरणमा कडाई गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । यसअघि महासंघले आगामी […]

नेकपा बैठक: प्रधानमन्त्री पक्षमा रहेको अमेरिकी सहायताको ‘विपक्षमा’ नेताहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍को हिउँदे अधिवेशनबाट अनुमोदन गराउन चाहेको भनिएको अमेरिकी आर्थिक सहायतासम्बन्धी एउटा सम्झौताको विपक्षमा उनकै दल नेकपाका नेताहरू देखिएका छन्। पार्टीको स्थायी समितिको बैठकमा नेताहरू भीम रावल र देव गुरूङले त्यसको विपक्षमा मत राखेको नेताहरूले जनाएका छन्। अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम […]

बलात्कारमा भारतीय जनता पार्टीका पूर्वसांसद दोषी ठहर

एजेन्सी । भारतको सत्तारूढ भारतीय जनता पार्टीबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित एक नेताले एक किशोरीको बलात्कार गरेको अदालतले ठहर गरेको छ। सन् २०१७ मा घटना हुँदा ती पीडित किशोरी १७ वर्षकी मात्र थिइन्। बालबालिका संरक्षण कानुनअन्तर्गत कुलदीप सिंह सेङ्गरलाई मुद्दा चलाइएको थियो। गत वर्ष ती पीडित किशोरीले प्रहरीले कारबाही नगरेको आरोप लगाउँदै आत्मदाह गर्न खोजेपछि […]

विद्या भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो । सभामुख नभएका […]

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईको शपथ आज

काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ […]

स्थानीय विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सर्वोच्च अदालतमा स्थानीय पूर्वाधार कार्यक्रम खारेज गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रतिनिधिसभाका सांसद प्रकाश रसाइली स्नेही, रङ्गमती शाही र राष्ट्रियसभाका सांसद प्रकाश पन्थले आज रिट दायर गरेका हुन् । रिट निवेदनमा सांसदलाई वितरण गर्ने रकम संविधानको मर्म विपरित भएको उल्लेख छ । मुलुकमा संविधान जारी भएर सङ्घीयताअनुरुप स्थानीय तहसमेत भइसकेको […]

कालापानी जाऔं अभियान चलाउदै क्रान्तिकारी माओवादी

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले भारतले जारी गरेको नयाँ नक्शाको विरोधमा कालापानी जाऔं अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंसिर २६ देखि २९ गतेसम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपाली भूमि समेटिएको भन्दै त्यसको विरोधमा चरणवद्ध आन्दोलन घोषणा गरेको छ । आन्दोलनको तेस्रो चरणमा पार्टीको मोर्चा […]

जडिबुटी खोज्न जाँदा बेपत्ता भएका जना सकुशल घर फिर्ता

जुम्ला । जडिबुटी संकलनका लागि जंगल गएका बेला हिउँ परेर बेपत्ता भएका १३ जना व्यक्ति सकुशल घर फर्किएका छन् । बिहीबार राति जंगलतर्फ गएका जुम्लाको तिला गाउँपालिका–९ शेरा फूलबारीका १३ जना सकुशल घर फर्किएका हुन् । जडिबुटी संकलनका लागि १४ जना जंगल गएकोमा १ जना वीनबहादुर बोहोराको भने हिमपातमा परेर मृत्यु भएको खबर प्राप्त भएको […]