विद्या भट्टराईले लिइन् सांसदको शपथ

Machchapuchchre

काठमाडौं । गत मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । शपथग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन् । भट्टराई २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।

।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्