मंगलबार थप २७ जना संक्रमित, कोरोना संक्रमित ४०२ पुगे

अर्थ राजनीति ~    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित ‘प्रेस ब्रिफिङ’मा मंगलबार बोल्दै संक्रमितको संख्या र ४०२ पुगेको बताए । मंगलबार २७ जना संक्रमित थपिएका हुन् । थपिएकाहरु १७ देखि ४२ वर्षका रहेका छन् । जसमा तीनजना महिला हुन् । मंगलबार थपिएका झापाका नौ, कपिलवस्तुका चार, काठमाडौंका तीन, सर्लाहीका दुई, ललितपुरका […]

झापा र सुनसरीमा गरी थपिए ११ संक्रमित

अर्थ राजनीति ~ प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ३ […]

प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिने

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनेछन् । नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए । प्रधानमन्त्रीको जवाफपछि  नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ । विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । […]

सोमबार एकैदिन ८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

अर्थ राजनीति – नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती  १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा […]

कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा अब सरकारी कामकाजमा

अर्थ राजनीति – शुक्रवार संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतसँग कूटनीतिक तहमा वार्ता गरी नेपाली भूमि फिर्ता ल्याउन सरकार प्रतिबद्ध रहेको बताएकी थिइन्। नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको संसद्मा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुअघि मन्त्रिपरिषद्को बैठकले नेपालले आफ्नो दाबी गर्दै आएको भूमि समेटिएको नक्सा अनुमोदन गरेको हो। सञ्चार […]

लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक

अर्थ राजनीति – मन्त्रिपरिषद बैठकले पारित गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनले भने, ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ । यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनिक प्रवन्धहरुमा […]

बैङ्कको ब्याजदर कम्तिमा ३ बर्षकालागि ५ प्रतिशतले घटाउन एफएनसीसीआईको माग

अर्थ राजनीति ~ नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) ले बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनका कारण समस्यामा परेको भन्दै बैङ्कको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको हो । महासंघले एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडागरी घाटामा जाने उद्योग, व्यापार तथा व्यवसायको लागि तीन वर्षका लागि […]

५३ जनामा काेराेना सङ्क्रमण थपिए, कुल सङ्क्रमित सङ्ख्या ३५७ पुग्याे

अर्थ राजनीति ~  कोरोनाभाइरस (कोभिड–१९) काे पछिल्लाे परीक्षणअनुसार थप ५३ जनालाई सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । उहाँका अनुसार हालसम्म सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्क्रमित सबैकाे कन्ट्याक्ट ट्रेसिङ भइरहेकाे मन्त्रालयले जनाएकाे छ […]

आरोप प्रमाणित भए झुण्डिन तयार छु: संसद कृष्णकुमार श्रेष्ठ

अर्थ राजनीति – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “ममाथि लागेको अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु, तर आरोप […]

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

अर्थ राजनीति – नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आइडलको १८ अाैं संस्करणकाे उपविजेता हुनुभएको छ । उहाँ केही समयअघि उत्कृट पाँचमा पर्नुभएको घोषणा गरिएको थियो। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा अर्थर गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । कुनै पनि नेपालीले यस किसिमकाे विश्व चर्चित रियालिटी […]