सार्वजनिक यातायात सञ्चालनको तयारि

अर्थ राजनीति ~ सरकारको निर्णयअनुसार भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका छन् । सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् । अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । […]

प्युठानमा कामदार बोकेको ट्रयाक्टर सडकबाट खस्यो, सातको मृत्यु

अर्थ राजनीति ~  प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । गए राती १२ः५५ वजेको समयमा स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

केपी ओलीको नयाँ प्रस्ताव: मंसिरमा महाधिवेशन

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान लिइरहेका ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेका हुन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले पार्टीको […]

नेकपा सचिवालय बैठक सकेर ओली र प्रचण्ड शितलनिवासमा

अर्थ राजनीति~ सत्तारुढ नेकपाको सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब ४ घण्टासम्म बसेको सचिवालय बैठकपछि ओली र प्रचण्ड शितलनिवास गएका हुन् । सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता कायम राख्दै सहमति खोज्ने निष्कर्ष निकालिएको जानकारी दिएका […]

तीन साताकै आज कम कोरोना सङ्क्रमण, चौबीस घण्टामा मात्र ५७ जना थपिए

अर्थ राजनीति ~ नेपालमा कोभिड–१९ बाट थप ५७ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा आएको प्रतिवेदन बमोजिम ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नयाँ बिरामी थपिएसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या १७ हजार ५०२ जना पुगेको जानकारी दिएको छ । […]

नेकपा नेताहरूलाई ज्ञवालीको अपिल : धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भावनात्मक खुला पत्र सार्वजनिक गरी पार्टी एकताका लागि आह्वान गर्नुभएको छ । पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक नभई शीर्ष नेतृत्वमा व्यवस्थापनको कमजोरी रहेको उहाँको भनाइ थियो । शनिबार विहान सामाजिक संजालमा आफ्नो भनाइ सार्वजनिक गर्दै उहाँले पार्टीभित्रको विवादबारे आशावादी भए पनि […]

नेकपाको सचिवालय बैठक जारि, स्थायी कमिटी बैठक भने भोली ३ बजे

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार ३ बजे बालुवाटारमा बस्दैछ । पार्टीले दिएको जानकारीअनुसार बैठक पार्टीको आन्तरिक समस्या समधानमा केन्द्रित हुनेछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी तथा सरकार सञ्चालनमा विवाद देखिएपछि त्यसलाई सल्टाउन सचिवालय बैठक बस्न लागेको हो । असार १० गतेदेखि शुरु […]

मौद्रिक नीति सार्वजनिक, बैंकको ऋण र ब्याज तिर्ने समयावधि थप

अर्थ राजनीति ~ पर्यटन लगायतका कोरोनाका कारण प्रभावित भएका क्षेत्रको कर्जा भुक्तानीको म्याद थप गरिने र सो क्षेत्रका असार मसान्तसम्म म्याद कायम भएका कर्जालाई पुस मसान्तसम्म बढाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ त्यस्तै कोभिडबाट अति जोखिमा परेका पेशा व्यवसायसँग सम्बन्धित कर्जा तिर्नपर्ने म्याद अर्को वर्षको असार मसान्तसम्म सार्न व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । […]

नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

अर्थ राजनीति~ नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । नेकपा बैठक बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न भन्दै एक हप्ता अघि स्थगित गरिएको थियो । यस […]

मन्त्रिपरिषद्का निर्णय, अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ स्वीकृत

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ । रोजगारदाताले खर्च नबेहोर्ने र टिकट काट्न हैसियत नभएका कामदारले मात्र यस्तो सुविधा पाउनेछन् । असार २९ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार […]