नेकपाको सचिवालय बैठक जारि, स्थायी कमिटी बैठक भने भोली ३ बजे

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार ३ बजे बालुवाटारमा बस्दैछ । पार्टीले दिएको जानकारीअनुसार बैठक पार्टीको आन्तरिक समस्या समधानमा केन्द्रित हुनेछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी तथा सरकार सञ्चालनमा विवाद देखिएपछि त्यसलाई सल्टाउन सचिवालय बैठक बस्न लागेको हो । असार १० गतेदेखि शुरु भएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षको राजीनामा माग भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

विद्यमान विवादलाई सचिवालयमार्फत सल्टाएर पुनः स्थायी कमिटी बैठक सञ्चालन गर्ने उद्देश्यसाथ आजको बैठक आह्वान गरिएको नेताहरूले बताउनुभएको छ । सचिवालय नेकपाको उच्च तहको कमिटी हो । जसमा नौजना नेताहरूको सहभागिता छ । सचिवालयमा पार्टीका दुई जना अध्यक्ष, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, नेता ईश्वर पोखरेल, रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सदस्य हुनुहुन्छ । स्थायी कमिटी बैठक ४ गते (भोली) ३ बजेका लागि बोलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्