नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

Machchapuchchre

अर्थ राजनीति~ नेकपा स्थायी समिति बैठक दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक ३ बजे सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

नेकपा बैठक बाढीपहिरोबाट मुलुक आक्रन्त भएको र राहात र उद्धारमा खट्न भन्दै एक हप्ता अघि स्थगित गरिएको थियो । यस अघि पनि पटक-पटक बैठक स्थगित भएको थियो ।

आजको बैठक बस्नुअघि शीर्ष नेताहरुबीच सहमति खोज्ने प्रयास गरिनेछ । बैठक अघि नै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बैठक बस्ने तय भइसकेको छ ।

यसअघि बिहीबार बसेको अध्यक्षद्वयको बैठकले आजको स्थायी समिति बैठक सुचारु गर्ने सहमति गरेको थियो । नेकपामा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने आवाज उठिरहेको छ ।

प्रधानमन्त्री ओली भने कुनै पनि हालतमा दुवै पद नछाड्ने अडानमा हुनुहुन्छ । जसका कारण विवादले चरम रुप लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्