नागकाे पूजा गरी नागपञ्चमी मनाइँदै

अर्थ राजनीति ~ साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महìव रहेको वर्णित छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन […]

थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ का १३३ नयाँ सङ्क्रमित थपिए, कुल १८ हजार ३७४

अर्थ राजनीति ~  नेपालमा कोभिड–१९ का १३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ३७४ पुगेको जनाएको […]

दोस्रो पटक पुन सर्यो व्यवसायीको निर्वाचन, नयाँ मिति अन्योल

अर्थ राजनीति ~  नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरी फेरि सरेको छ। साउन २५ र २६ गतेलाई तय भएको निर्वाचन नयाँ मिति नतोकी फेरी सार्ने निर्णय गरिएको महासंघले जनाएको छ। महासंघकि अध्यक्ष भवानी रानाले सरकारले सबै कार्यक्रम गर्न दिने भनेको १५ दिनपछि महासंघको निर्वाचनको मिति तय गरिने जानकारी दिएकी छन्। ‘सबै तयारी पुरा भईसकेकाले थप […]

पुर्व डीआईजी कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकनका लागि निवेदन

श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेर विहीबार रिहा हुनु भएका रञ्जन कोइरालालाई सँजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको छ । महान्यायाधिवक्ताको कार्यालयले विहीबार सो निवेदन सर्वोच्च अदालत पठाएको महान्यायाधिवक्ताको कार्यालयका सह महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताउनुभयो । कार्यालय समय सकिनु केही बेर अघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको भए […]

नेकपाका संस्थापक महासचिव पुष्‍पलालको स्मृति दिवस मनाइँदै

अर्थ राजनीति  ~  नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएकाे छैन । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका […]

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या ४१ पुग्यो

अर्थ राजनीति ~   नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । कोरोना भाइरस संक्रमण देखिएका एक बृद्धको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय व्यक्तिको निधन भएको हो । गत साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका उनको मंगलबार […]

मंगलबार मध्यरातबाट केहि सर्त सहित लकडाउन अन्त्य

अर्थ राजनीति ~  सरकारले भदौ १ गतेदेखि देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा […]

नारायणगढ – मुग्लिन सडक एकतर्फी खुल्यो

अर्थ राजनीति ~  साेमबार बिहानदेखि कालिखाेलामा पहिराे जाँदा बन्द भएकाे नारायणगढ–मुग्लिन सडक मंगलबार दिउँसाे पाैने पाँच बजेपछि एकतर्फी खुलेकाे छ । दिनभर पहिराे हटाउने काम सकिएपछि हलुका गाडीका लागि एकतर्फी बाटाे खुलेकाे चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकरी दिए । पहिराे पन्छाउने काम भने अझै बाँकी नै छ । लगभग एक तिहाइ पहिराे मात्र […]

साउन ८ गते अर्थात् बिहीबारदेखि छोटो तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा

अर्थ राजनीति ~  सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राख्दै गाडी चलाएका थिएनन् । मंगलबार भने पत्रकार सम्मेलन गर्दै महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको जानकारी दिएको हो । […]