प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा हुने थापाको भनाइ छ । सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुनेछ ।  

ओलीको नयाँ रणनीति : विश्वासको मत नपाए मंसिरभित्रै चुनाव !

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः संसदमा विश्वासको मत लिने भएका छन् । काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता नगरेको र माओवादीले पनि सरकारबाट समर्थन फिर्ता नलिएकै अवस्थामा प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् ।माओवादीले समर्थन फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले किन विश्वासको मत लिन लागे त ? यो प्रश्न राजनीतिक […]

कोरोनालाई को सर्वसाधारण को अर्बपति , सबै बराबरी

अर्थ राजनीति  ~  भनिन्छ, महामारीले धनी–गरीब भन्दैन । ‘भीआइपी’ र सर्वसाधारण पनि चिन्दैन । अहिले दोस्रो चरणमा देखापरेको कोरोनाको नयाँ भेरियन्टले बहालवाला मन्त्रीदेखि पूर्वराजासम्मलाई छाडेको छैन । पहिलो लहरको कोरानामा भन्दा दोस्रो लहरमा ‘पब्लिक फिगर’ बढी आक्रान्त देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्र अघिल्लोपटक कोरोनालाई छल्न सफल भएका थिए । यसपटक भने भारतको कुम्भमेलामा भाग लिएर […]

मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं : चार दल

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका छन् । विपक्षी गठबन्धनले […]

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड बन्दै : ७ हजार बढी संक्रमित थपिए

अर्थ राजनीति  ~  पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो […]

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

अर्थ राजनीति  ~  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी […]

मन्त्रिपरिषद्‌को बैठक दिउँसो ४ बजे बस्‍दै

अर्थ राजनीति  ~  आज मन्त्रिपरिषद्को बैठक बस्‍दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बोलाइएको छ ।बैठकका एजेण्डाहरु नखुलाइए पनि बढ्दो कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

एमाले संसदीय दलको निर्णय : शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने

अर्थ राजनीति  ~  नेकपा एमालेले संसदीय दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ । आइतबार बिहान बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलका नेता शंकर पोखरेलकै नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए । यसअघि आइतबार बिहान पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा […]

भारतबाट अस्ट्रेलिया फर्कनेलाई ५ वर्ष जेल सजाय हुने

अर्थ राजनीति ~   भारतबाट फर्किए अस्ट्रेलियन नागरिकले ५ वर्ष जेल बस्नुका साथै जरिवाना तिर्नुपर्ने भएको छ । सरकारले भारतबाट अस्ट्रेलियाको यात्रालाई अल्पकालीनरुपमा गैरकानुनी बनाएपछि यस्तो नियम लागू भएको हो । स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड–१९ को संक्रमणपछि क्वारेन्टिनमा रहेका मानिसको अनुपातको आधारमा यस्तो निर्णय लिएको जनाएको छ । अस्ट्रेलियाले एक हप्ताअघि भारतबाट आउने सबै उडान रद्द […]

उपत्यकाको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गर्दै प्रशासन

अर्थ राजनीति  ~  उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं ।’ पराजुलीसहित जिल्ला सुरक्षा […]