अक्सिजन आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेल द्वारा छलफल सुरु

अर्थ राजनीति  ~  उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आज उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरेका हुन् । अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी […]

डा. बाबुराम : सबै दलको सहभागीतामा सरकार बनाऔँ, एक वर्षभित्र चुनाव गरौँ

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘देशको संकट हल गर्न’का लागि चार बुँदे प्रस्ताव अघि सारेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वास गुमाएको तथा अर्को सरकार गठन गर्न आवश्यक संसदीय गणित नपुगेको अवस्थामा भट्टराईले चार बुँदे प्रस्ताव अघि सारेका हुन् । उनले सबै दलको सहभागितामा वर्तमान […]

जसपा अध्यक्षको विज्ञप्तिपछि नयाँ सरकार निर्माणमा थप जटिलता

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त भएको दाबी तीन दिनभित्र पेस गर्न सोमवार साँझ आह्वान गरे लगत्तै संसद्‌मा महत्त्वपूर्ण सिट सङ्ख्या भएको जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार निर्माणमा अरुचि देखाएपछि नयाँ सरकारको खाका झनै अस्पष्ट बनेको विश्लेषकहरू बताउँछन्।सोमवार प्रधानमन्त्री केपी ओलीले विश्वासको […]

कुवेतद्वारा नेपालबाट हुने उडानमा प्रतिबन्ध, थाइल्याण्डद्वारा पनि रोक

अर्थ राजनीति  ~  नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुवेतले नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ । कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपाल सहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्ल्ेख […]

कोरोना कहर : अर्थतन्त्रमा प्रहार, तंग्रिन नपाउँदै फेरि हमला

अर्थ राजनीति  ~  कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणका कारण यतिवेला देशले निषेधाज्ञाको सामना गरिरहेको छ । निषेधाज्ञाका कारण एकाध व्यवसायबाहेक सबैजसो व्यापार–व्यवसाय ठप्पप्रायः छन् । गत वर्ष पहिलो लहरका क्रममा ११ चैतदेखि करिब ४ महिना कडा लकडाउन हुँदा थला परेका व्यापार–व्यवसायहरू तंग्रिन मात्र के खोज्दै थिए, अहिलेको थप संक्रामक दोस्रो लहरले सन्नाटाको अवस्था सिर्जना गरेको […]

काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लागू हुने भएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।‘१५ दिन थप गर्ने निर्णय भएको छ’, एक अधिकारीले भने, ‘कोरोनाको साङ्लो तोड्न निषेधाज्ञा थप गरिएको हो ।’गत १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा […]

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा दिउँसो तीन बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । सभापति देउवाले पदाधिकारी बैठक पछि विपक्षी गठबन्धनका नेताहरूसँग नयाँ सरकार गठनबारे छलफल गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले विपक्षी […]

प्रधानमन्त्री केपी शर्मा ओली लाई संसदले दिएन विश्वासको मत

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव सोमबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री ओलीले राखेको प्रस्तावको पक्षमा ९३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १२४ मत परेको छ । बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे […]

देउवालाई नसघाउने महन्थ ठाकुरको निर्णय

अर्थ राजनीति  ~  प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र यादव पक्षमा चुनौती थपिएको छ ।अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गरेर भनेका […]

प्रचण्डको आग्रह- ओली जी , राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनुस्

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका हुन् । ‘मैले हिजो पनि प्रधानमन्त्रीजी इनफ इज इनफ भनेकै थिएँ,’ उनले भने, ‘आज पनि […]