प्रचण्डको आग्रह- ओली जी , राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिनुस्

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोलिदिन आग्रह गरेका हुन् । ‘मैले हिजो पनि प्रधानमन्त्रीजी इनफ इज इनफ भनेकै थिएँ,’ उनले भने, ‘आज पनि म फेरि आग्रह गर्छु, राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोल्नुस् ।’ प्रचण्डले सरकारका गतिविधिका कारण प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति नभएको बताए । ‘यो सदनले उहाँलाई विश्वासको मत दिँदैन । यो बुझ्दाबुझ्दै पनि उहाँले विश्वासको मत माग्नुभएको छ । उहाँले संवैधानिक अधिकारको प्रयोग गर्नुभएको छ त्यसलाई सम्मान गर्छु,’ उनले भने, ‘तपाईं नेतृत्वको सरकार गठन भएदेखिका गतिविधि हेर्दा विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति छैन । ’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्