खोप खरिदको अनियमिततामा सरकारलाई दोष : प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले खोप खरिदमा भएको अनियमिततामा आफूलाई अनुचित ढंगबाट जोडेको बताएका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपका विषयमा सरकारलाई हिलो छ्याप्ने काम भएको बताएका हुन् ।’मलाई अचम्म लाग्छ खोप खरिदमा भएको भ्रष्टाचारको नाममा सरकारको कनेक्सन अनुचित ढंगले देखाउने काम भए ,’ उनले भने । कमिसनको प्रलोभनमा खोप रोक्ने व्यवसायी सुरज वैद्य प्रधानमन्त्री निकट रहेका समाचार सार्वजनिक भएका थिए । सरकारले खोपको अभाव हुन नदिने ताकेता गरिरहेको उनको भनाइ छ । कोभिडको महामारीमा जनताको जीवन रक्षा पहिलो शर्त रहेको  उनको भनाइ थियो । महामारीमा भ्रष्टाचार गर्ने कसैलाई नछाड्ने उनको भनाइ छ ।

साथै , प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँलाई पक्ष विपक्षको लडाइँ नबनाउन आग्रह गरेका छन् ।सोमबार संसदमा बोल्दै उनले सरकार आवश्यकता अनुसार कोरोनाविरुद्धको लडाइँलाई प्रभावकारी रुपमा अघि बढाएको बताएका हुन् । सरकारको ध्यान कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोनाको कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।’विचार संस्थागत भिन्नता थाँती राखेर एकजुट भएर लड्ने आवश्यकता महसुस गर्नुपर्छ,’ उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्