कोरोना कहर : अर्थतन्त्रमा प्रहार, तंग्रिन नपाउँदै फेरि हमला

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणका कारण यतिवेला देशले निषेधाज्ञाको सामना गरिरहेको छ । निषेधाज्ञाका कारण एकाध व्यवसायबाहेक सबैजसो व्यापार–व्यवसाय ठप्पप्रायः छन् । गत वर्ष पहिलो लहरका क्रममा ११ चैतदेखि करिब ४ महिना कडा लकडाउन हुँदा थला परेका व्यापार–व्यवसायहरू तंग्रिन मात्र के खोज्दै थिए, अहिलेको थप संक्रामक दोस्रो लहरले सन्नाटाको अवस्था सिर्जना गरेको छ । औषधि र खाद्यान्न व्यवसाय तथा विद्युतीय माध्यमबाट गरिने कतिपय व्यवसायबाहेक प्रायः सबै व्यवसायले अभूतपूर्व कठिनाइ झेलिरहेका छन् । अधिकांश व्यवसायमा भाडा, बैंकको किस्ता, कर्मचारीको तलबलगायत खर्च यथावत् छ तर उत्पादन तथा आम्दानी भने शून्यप्रायः छ । सरकारले महामारीको चपेटामा परेको निजी क्षेत्रलाई सहयोग पुग्ने गरी ठोस नीति ल्याउन सकेको छैन । राहतका सरकारी योजना तथा कार्यक्रमको लाभ पहुँच भएका घरानियाँ व्यवसायीहरूले मात्र पाउने गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्