नेपाल र भारतले संयुक्त रूपमा बुद्धिस्ट सर्किट विकास गर्ने

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ (बुद्धिस्ट सर्किट) विकास गरिने घोषणा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ […]

माधव नेपाल : “आत्तिनुपर्ने छैन, तर समीक्षा गरिन्छ “

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचन परिणामबाट आत्तिनु नपर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताएका हुन् ।‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित […]

डा. भट्टराई : ” जनताले एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन् “

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरूसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्न सकिन्छ-जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उनले […]

मतान्तर बढाउँदै अघि बढ्दै रेणु, जगन्नाथ पनि पछिपछि

अर्थ राजनीति  ~  भरतपुर महानगरपालिकामा वडा नम्बर ५ को मतगणना चलिरहँदा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । अहिलेसम्म १८ हजार ४ सय ४७ मतगणना हुँदा रेणुले ६ हजार १ सय ७० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ६ हजार ८० मत पाएका छन् । रेणु र  विजयको मतान्तर ९० भएको […]

बालेनकाे अग्रता कायमै , स्थापित र सिर्जना पछिपछि

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रतालाई कायमै राखेका छन् ।  अहिलेसम्म गणना भएको मतमा बालेनले १० हजार ७ सय ९७ मत पाएका छन् । एमालेका केशव स्थापितले ५ हजार ७ सय ८७ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन् । बालेनले स्थापितभन्दा […]

७ जेठमा नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी

अर्थ राजनीति  ~  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३ जेठका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको आगामी आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम ७ जेठ संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. […]

सुर्खेतमा एमाले र कांग्रेस समर्थकबीच झडप, ६ जना घाइते

अर्थ राजनीति  ~  सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो। मंगलबार राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो। त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले […]

इन्डियन एयरफोर्सको जहाज गौतमबुद्ध विमानस्थलमा

अर्थ राजनीति  ~  भारतीय सेनाको जहाज बुधबार भैरहवा विमानस्थलमा अवतरण गरेको छ । सो जहाज बुधबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो । काठमाडौं विमानस्थल स्रोतका अनुसार यो जहाज धावनमार्गमा अवतरण गरेसँगै काठमाडौंमा रोकिएन, लगत्तै टेकअफ लिएको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो । यो जहाज नेपाल आउनुको प्रयोजन भने […]

कोरोनाको तेस्रो लहर र ओटीटीको बढ्दो प्रयोगले घट्यो टेलिकमको नाफा

अर्थ राजनीति  ~  चालू आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा ४४ करोड ९१ लाख २५ हजारले घटेको छ । साउनदेखि चैत महिनासम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा नाफा घटेको कम्पनीले जानकारी दिएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार […]

स्थानीय निर्वाचन : गाडी पठाएर मतदाता ओसार्दै दल र नेताहरू

अर्थ राजनीति  ~ स्थानीय निर्वाचनले गर्दा काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको चाप बढेको छ। मुलुकभरिबाट विभिन्न सिलसिलामा काठमाडौं आएकाहरू मतदान निम्ति आ-आफ्नो गाउँसहर फर्किने क्रम बढेसँगै उपत्यकाका बसपार्कमा चहलपहल बाक्लिन थालेको छ। उपत्यकाको कोटेश्वर, कलंकी, बसपार्क लगायत स्थानमा आइतबारबाट लामो दुरीका सवारी चाप अत्यधिक छ। ट्राफिक प्रहरीका अनुसार बिहान र साँझ काठमाडौंबाट बाहिरिने सवारी संख्या बढेको […]