नेपाल र भारतले संयुक्त रूपमा बुद्धिस्ट सर्किट विकास गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ (बुद्धिस्ट सर्किट) विकास गरिने घोषणा गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उनले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र भारत प्रतिबद्ध रहेका बताएका हुन् । प्रधानमन्त्री देउवाले नेपालको लुम्बिनीलाई भारतको बौद्धगया, सारनाथ, कुसिनगर एकापसमा जोड्न त्यस्तो परिपथले नेपाल र भारतबीच सांस्कृतिक पर्यटनको प्रवद्र्धनका क्षेत्रमा सकारात्मक योगदान पु-याउने बताए । प्रधानमन्त्रीले भने, ‘विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेको भगवान् बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थानहरूको भ्रमण उत्प्रेरित गर्नेछ ।’ हालै निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो संख्यामा पर्यटक तथा तीर्थयात्रीलाई स्वागत गर्न नेपाल उत्सुक रहेको उनले बताए । नेपाल र भारत समाज सांस्कृतिक एवं आध्यात्मिक मूल्य मान्यताले जोडिएका बताउँदै उनले केही समयअघि सम्पन्न वाराणसीको आफ्नो भ्रमण स्मरण गर्दै काशीविश्वनाथ बाबाको पूजाअर्चना गर्ने अवसरमा प्रधानमन्त्री मोदीले जुटाइदिएकोमा मोदीप्रति र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति कृतज्ञता व्यक्त गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्