चुनावको दिन संसद् भवन अगाडि विष्फोट गराएको आरोपमा चार जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~  ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको दिन एकाबिहानै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आफूहरुलाई नेपाल कम्युनिस्ट पार्टी (सिवादी) नामक समूह सदस्य बताउने गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरतकुमार राई छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले चुनावका वेला आतंक सिर्जना गर्ने उद्देश्यले बिहान अन्दाजी २ बजेतिर सिलिन्डर ग्याँसमा आगो लगाएर विष्फोट गराएका थिए ।‘पहिल्यै विष्फोट हुन लागेको सूचना पाएपछि बानेश्वरबाट इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन भएको थियो’ उनले भने, ‘तर, प्रहरी पुग्नु केही मिनेट अगाडि मात्र विष्फोट भएको थियो, प्रहरी टोली ठूलो क्षतिबाट जोगिएको थियो ।’विष्फोटनबाट दृष्टि आँखा केन्द्र रहेको भवन र एक कन्सल्ट्यान्सी रहेको घरको शिशा फुटेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्