मर्जरमा जान बिमा कम्पनीलाई सैद्धान्तिक सहमति

Machchapuchchre

अर्थ राजनीति  ~  बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । नेपाली बिमा ब्यवसाको इतिहासमा नै पहिलो पटक तीन जीवन बिमा कम्पनी तथा दुई निर्जीवन बिमा कम्पनी एक आपसमाा गाभिन सम्झौता गरेका छन् ।
बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन समितिले मंगलबार सैद्धान्तिक सहमति दिएको कार्यकारी निर्देशक एवम् प्रवक्ता राजुरमण पौडेलले बताए । साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको पनि उनले जानकारी दिए । पौडेलका अनुसार ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा मंगलबार सैद्धान्तिक सहमति प्रदान गरेको हो । यसअघि, २३ वैशाखमा समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई पनि एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो । ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्