सुनको मुल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

अर्थ राजनीति  ~  साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ […]

आज पनि बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ […]

मौद्रिक नीतिले दिएको राहत कतिको प्रभावकारी होला ?

अर्थ राजनीति   ~   सरकारले नेपाल राष्ट्र बैंक (एनआरबी) को बजेट प्रस्तुत गरेपछि मौद्रिक नीति ल्याउने अघिल्लो परम्परा जस्तै २०७८-०७९ को मौद्रिक नीति केहि समय अघि सार्वजनिक गरेको छ । यो कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारण उत्पन्न हुने रोगहरूलाई सम्बोधन गर्ने मौद्रिक नीति हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८-०७९ को […]

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

अर्थ राजनीति  ~  अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन्। बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन्। एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्। तरलता लगानीयोग्य पुँजी बढाउन हम्मेहम्मे परिरहेको छ। थप स्रोत जोहो गर्न अधिकांशले ब्याजदर १ देखि साढे १ प्रतिशतसम्म बढाएर दोहोरो अंकसम्म पुर्‍याए। त्यसबाट पनि लगानी क्षमता बढेन। यो […]

तरलता अभाव चर्किएपछि बैंकहरुले निक्षेप जोहो गर्न धमाधम निर्देशन उल्लंघन

अर्थ राजनीति  ~  तरलताको चरम संकटमा परेपछि बैंकहरुले राष्ट्र बैंकको नीति एकपछि अर्को गर्दै उल्लंघन गर्न थालेका छन्। निक्षेप जसरी पनि उठाउने दबाबका कारण बैंकहरुले नीति नियम उल्लंघन गर्न थालेका हुन्। बैंकहरुले निक्षेपमा प्रकाशित भन्दा बढी ब्याज दिन पाउँदैनन्। तर, अक्षय कोषबापत मुद्दती निक्षेपका रूपमा राखिने पैसाको ब्याज भने बैंक र ग्राहकबीचको आपसी सहमतिमा तय […]

तीन दिनदेखि लगातार घट्दै सुनको भाउ, आज कति ?

अर्थ राजनीति  ~  स्थानीय बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो । सोमबार तोलामा ८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घट्दै आएको छ । मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० […]

नेप्से परिसूचक घट्ने क्रम जारी

अर्थ राजनीति  ~ साताको पहिलो दिन आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव ०१ अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० अंकमा झरेको छ ।‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेको छ […]

साताको पहिलो दिन हिजो ६१ अंकले घट्यो नेप्से

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुन थालेको थियो । दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा […]

सुनको मूल्य स्थिर, तोलाकाे कति ?

अर्थ राजनीति  ~ साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य घटेको […]

तरलताको चरम संकट: अहिलेसम्मकै धेरै सापटी

अर्थ राजनीति  ~  तरलता चरम अभावमा पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरुले अभाव चरम भएपछि अहिलेसम्मकै धेरै सापटी चलाएका छन्। नेपाल राष्ट्र बैंकसँग बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) बापत २८ अर्ब ३४ करोड रुपैयाँ उठाएका छन्। यो भनेको अहिलेसम्मकै बढि हो। बैंकहरुले तरलता अभाव भएपछि निक्षेपको ब्याज दर बढाएका छन्। यसले नयाँ […]