साताको पहिलो दिन हिजो ६१ अंकले घट्यो नेप्से

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ । आइतबार बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुन थालेको थियो । दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ । आइतबार २३३ कम्पनीका १,४४,९४,२६० कित्ता शेयर किनबेच भएको छ । यसदिन ६,५०,०१,१७,७८० रुपैयाँको कारोबार भएको छ । आइतबार १२ उपसमूहमा गिरावट आएको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ । यस्तै हाइड्रो समूह पनि ४.३ प्रतिशतले घटेको छ । म्युचुअल फण्डमा भने ०.२१ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्