गभर्नर अधिकारीकाे रिटको आज सुनुवाई हुँदै

अर्थ राजनीति  ~    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको पेशी आज (मंगलबार) सर्वोच्च अदालतको संयुक्त इजलासमा परेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा पेशी परेको हाे । आफूमाथि छानबिन गर्ने जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । […]

माछापुच्छ्रे बैंक वित्तीय सूचकमा अब्बल बन्दै

अर्थ राजनीति   ~  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा अधिकांश वित्तीय सूचकांकहरूमा उल्लेख्य प्रगति गरेको छ । प्रतिकुल समयको बाबजुद पनि माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोकेका हरेक प्यारामिटरहरु पूरा गरेको छ । चालु आ.व को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले प्रमुख सुचक रिटर्न अन इक्विटी (आरओई) १४.४४ प्रतिशत कायम गरि दोस्रो नम्बरमा रहेको छ । […]

फोर्सफुल मर्जर’ संकेत गर्दै राष्ट्र बैंक : बढिमा बैंकको संख्या १५ वटा भए पुग्ने

अर्थ राजनीति  ~  आफ्नो पहिलो मौद्रिक नीतिमा ‘फोर्सफुल’ मर्जरको संकेत गरेका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकको संख्या आधा घटाउनु पर्ने अध्ययन सार्वजनिक गरेका छन्। राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले बैंकको संख्या आधामा झार्नु पर्ने निष्कर्ष निकालेको हो। गभर्नर अधिकारीले आफ्नो पहिलो मौद्रिक नीतिमा करिव दर्जन सुविधा दिएर बैंकहरुको फोर्सफुल मर्जर गरिने संकेत गरेका […]

स्वार्थ बाझिने क्षेत्रमा गभर्नरको लगानी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैंले करोड बढीको सेयर खरिद गरेर राखेको पाइएको छ । गभर्नर अधिकारीले आजका मितिमा पनि करिब ४ करोड रुपैयाँ बराबरको सेयर राखेका छन् । राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय हो । आफैं नियामक भएर आफैंले सेयर खरिद बिक्री गर्दा स्वार्थ बाझिने भए पनि गभर्नर […]

खराब कर्जा खटाउन सफल भएसँगै एनएमबि बैंकको नाफामा वृद्धि

अर्थ राजनीति  ~  चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमासससम्म एनएमबि बैंक लिमिटेडले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ५ दशमलव ९१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म उक्त नाफा २ अर्ब ५१ […]

सडकमा विद्युतीय सवारी बढ्दै, आठ महिनामै भित्रियो एक हजार ३५७ सवारी साधन

अर्थ राजनीति  ~  नेपाल विद्युत् प्राधिकरणले टाटा कम्पनीको २० वटा विद्युतीय सवारी (इभी) साधन खरिद गरेको छ  । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उदाहरण पेस गर्ने लक्ष्यका साथ प्राधिकरणले एकै पटक ठूलो परिमाणमा त्यस्ता सवारी साधन भित्र्याएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ती सवारी साधन काठमाडौं उपत्यकामा प्रयोग गर्ने प्रयोजनका लागि आयात […]

फागुनसम्म वाणिज्य बैंकहरुले कमाए कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा

अर्थ राजनीति  ~  चालु आर्थिक वर्षको फागुन महिनामा वाणिज्य बैंकहरुले कुल ४६ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। औसतमा बैंकहरुले एक अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ। तीन वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँ अधिक रहेको छ भने १० वाणिज्य बैंकले औसतभन्दा धेरै नाफा कमाएका छन्। […]

निलम्बित गभर्नर अधिकारीको रिट दर्ता

अर्थ राजनीति  ~  निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी मंगलबार (भोलि)लाई तोकिएको छ । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् । सरकारले विभिन्न अभियोग लगाउँदै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् । […]

” युक्रेनमा लक्ष्य प्राप्त हुन्छ ” : राष्ट्रपति पुटिन

अर्थ राजनीति  ~  युक्रेन र रुसको युद्ध जारी छ । उता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसले आफ्नो लक्ष्य प्राप्त गर्ने प्रतिवद्धता दोहोर्याएका छन् । रुसी सेना युक्रेनी राजधानी किभबाट फिर्ता भएपछि पहिलो पटक सार्वजनिक रुपमा बोल्दै पुटिनले युक्रेनमा तय गरिएको महान उदेश्य प्राप्त गरेरै छाड्ने बताएका हुन् ।हामीसँग लड्नु बाहेक अरु विकल्प थिएन भन्दै […]

अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपनः डा. कोईराला

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । मंगलवार काठमाडौंमा आयाजित एक कार्यक्रममा नेता कोईरालाले ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँदा राष्ट्रबैंकले छानबिन गर्न पाउने बताए । नेता कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको […]