मर्जर : एनसीसी बैंकले मंसिर २५ गते बोलायो विशेष साधारण सभा

अर्थ राजनीति   ~  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कुमारी बैंकसँगैको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर […]

विजुली व्यापारमा उत्साह: आयात भन्दा निर्यात धेरै हुने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले पहिलो पटक आयात भन्दा बढी विजुली निकासी गर्ने भएको छ। भारतबाट विजुली ल्याएर लोडसेडिङ हटाएको आलोचना खेप्दै आएको प्राधिकरणले यो वर्ष एक अर्ब भन्दा बढी युनिट भारत निकासी गर्ने भएको हो।गत वर्ष एक अर्ब युनिट भारतबाट विजुली आयात भएको थियो। गत वर्ष प्राधिकरणले १ अर्ब ५४ करोड युनिट विद्युत […]

कतार विश्वकप : आज पनि चार खेल हुँदै

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो […]

कात्तिक महिनामा बैंकको निक्षेप २२ अर्बले बढ्यो, कर्जा ३ अर्ब घट्यो

अर्थ राजनीति  ~  कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । कात्तिक ४ गतेको तुलनामा कात्तिक ३० गते बैंकहरुमा रहेको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको हो । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैकर्स संघले दिएको जानकारी अनुसार कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । गत […]

ग्लोबल आइएमई र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

अर्थ राजनीति  ~  नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंकसँग आफ्नो इलेक्ट्रिक भेहिकलका लागि वित्तीय सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । ग्लोबल आइएमई बैंकका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पछि ग्राहकले आफ्ना हुन्डाई ईभीहरू ग्लोबल […]

विश्वकप फुटबलमा आज चार खेल हुदै

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ । समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा सुरु हुनेछ । दोस्रो खेलमा समूह […]

मर्जर : कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो पारित

अर्थ राजनीति ~  कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को सेयर आदानप्रदान अनुपात(स्वाप रेसियो) पारित भएको छ।गत मंसिर १ गते बसेको संचालक समिति बैठकले मर्जर प्रयोजनका लागि संस्थाको स्वाप रेसियो १ बराबर १ अनुपात कायम गर्ने निर्णय गरेको हो। गत असोज १० गते मर्जर प्रयोजनका लागि दुबै बैंकबीच सहमति भएको थियो। समझदारीपत्रको […]

BOK र GIBL को एकैदिन साधारण सभा, मर्जर र लाभांश प्रस्ताव

अर्थ राजनीति  ~  बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते मर्जर र लाभांश प्रस्तावलाई स्वीकृति प्रदान गर्ने भएका छन् । दुबै बैंकले एकै दिन वार्षिक साधारण सभा आव्हान गरेका हुन् । बैंक अफ काठमाण्डूले २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । सभाले […]

मंसिरमा बैंकहरूले ब्याजदर नघटाउने

अर्थ राजनीति  ~  मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले बताए । ‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ,’ उनले भने, ‘मौद्रिक नीतिको प्रथम […]

पूर्वगभर्नर नेपाल : “उद्योगीलाई बैंकमा लगानी गर्न रोक्नुपर्छ “

अर्थ राजनीति  ~  पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले उद्योगी र बैंकर छुट्टिनुपर्ने बताएका छन् । एउटै व्यक्ति उद्योगी र बैंकर बन्दा ठूला उद्योगी व्यवसायी मोटाउने र साना तथा मझौला उद्योगी व्यवसायी दुब्लाउने अवस्था आएको भन्दै उनले यसको अन्त्यका लागि उद्योगी व्यवसायीले कुनै एउटा क्षेत्र रोज्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना […]