राष्ट्र बैंकले १ अर्ब ९३ करोड ब्याजमा लगानी गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ बढी पैसा ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आगामी वैशाख २ गतेदेखि २०८१ वैशाख २ गतेसम्म १ वर्षका लागि क, ख र ग वर्गका बैङ्कहरूमा कूल १ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत १७ गतेसम्म निक्षेपका लागि राष्ट्र बैंकमा निवेदन दिन सक्नेछन् । सूचना अनुसार कूल रकम मध्ये क वर्गको वाणिज्य बैङ्कहरूमा १ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बचत गरिनेछ भने ख वर्गको विकास बैङ्कहरूमा २९ करोड ४ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा ९ करोड ६८ लाख रुपैयाँ बचत गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्