शेयरबजारप्रति अर्थमन्त्री डा. महतको चासो

Machchapuchchre

अर्थ राजनीति  ~  पछिल्लो समय शेयरबजार निरन्तर घटिरहेको छ । छोटो समयमै २२७७ सम्म पुगेको धितोपत्र बजारको सूचक नेप्से फेरि १८ सयको लाइनमा आएको छ । सोमवार बजार बन्द हुँदा नेप्से १ हजार ८७१ दशमलव ८८ विन्दुमा छ । यही बेला नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयरबजारप्रति चासो देखाएका छन् । सोमवार उनले लगानीकर्ता बोलाएर शेयरबजारबारे छलफल गरे । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयरबजारको वर्तमान अवस्था अर्थमन्त्रीलाई जानकारी गराए । अर्थमन्त्रीले सबै निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्