पूर्वराजा ज्ञानेन्द्र शाह : ” सामाजिक संरचना च्यात्ने प्रयास भएको छ “

Machchapuchchre

अर्थ राजनीति  ~  पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अहिले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर अर्थात् लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको’ टिप्पणी गरेका छन् । सोमबार सुनसरीको इनरुवामा आयोजित अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहले सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना स्थायित्व हुन नसक्ने बताएका छन् । ‘आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरू (नागरिक) बाट यसप्रकारको चिन्ता, चासो र चिन्तन प्रस्तुत भएको छ । त्यसमा मेरो गहिरो ध्यान पुगेको छ,’ उनले भने । पूर्वराजा शाहले सधैं स्वाधीन रहेको र आफ्नै मौलिक मान्यताभित्र स्वाभिमानपूर्वक आधुनिकतातर्फ लागेको देश सदैव राम्रो र प्यारो लाग्ने प्रस्टयाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्