आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब पनि पुगेन कारोबार रकम

अर्थ राजनीति  ~  आइतबार शेयर बजार परिसूचक नेप्से १० दशमलव ५४ अङ्कले ओरालो लागेको छ । आज १८८३.१६ अंकमा पुगेर बजार बन्द भएको हो । बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८३ अङ्कले ओरालो लागेर ३७०.५३ अंकमा पुगेको छ । आज १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा अन्य […]

” समयमा अनुगमन गर्न नसक्दा समस्या आयो ” : शेखर गोल्छा

अर्थ राजनीति  ~  अहिले उद्यमी-व्यवसायी आन्दोलित छन्। बाध्यतावश आन्दोलित हुनुको कारण पीडा हो। एकातिर अर्थतन्त्र-बजारको अवस्था एकदमै नाजुक बन्दै गएको छ। तरलता अभाव, ब्याज दर वृद्धि (खासगरी प्रिमियमका कारण) ले पीडा दिइरहँदा राष्ट्र बैंकले पनि चालु पुँजी कर्जा मार्गदर्शन लागू गरेर व्यवसायीलाई निरास बनाउने काम गरेको छ। यसले -व्यवसायीलाई  थप समस्यामा पारेको छ र सुधारका […]

अब मर्जरका लागि शेयर कारोबार १५ दिनमात्रै रोक्का हुने

अर्थ राजनीति  ~  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर कारोबार रोक्का सम्बन्धि निर्देशिका बिहीवारदेखि लागू गरेको छ । गत साउन २६ गते संंगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको थियो । उक्त निर्देशिकाका सम्बन्धमा सरोकारवालाहरूबाट थप राय सुझाब संकलन गरी तीन महिनापछि निर्देशिका लागू गरेको हो ।यो […]

राष्ट्र बैङ्कको निर्देशन पछी बैंकहरुले फिर्ता गर्न थाले ब्याज

अर्थ राजनीति  ~  नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई फिर्ता गर्न निर्देशन दिएको थियो । एकीकृत निर्देशनको ब्याजसम्बन्धी व्यवस्था मिचेर विभिन्न वाणिज्य बैङ्कले ब्याजमा प्रिमियम […]

५७.३ मेगावाटको जलविद्युत आयोजनामा पाँच बैंकले ८ अर्बको लगानी गर्ने

अर्थ राजनीति  ~  हाइड्रो भिलेज प्रा.लि.ले गण्डकी प्रदेशको म्याग्दी जिल्लामा निर्माण आरम्भ गरेको ५७.३ मेगावाटको जलविद्युत आयोजनामा ५ बैंकले करिब ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । कम्पनी र बैंकहरूबीच २०७९ कार्तिक २१ गते सोमबारका दिन लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।आयोजनाले ६२६.५० मि. हेड् र म्याग्दी खोलाको १२.५० घन मि प्रति […]

रेमिट्यान्स निक्षेप र कर्जा नवीकरण शुल्कको छानविन गर्दै राष्ट्र बैंक

अर्थ राजनीति  ~    बैंकहरूले नियमविपरीत लिएको ब्याज फिर्ता गर्न लगाएको नेपाल राष्ट्र बैंकले अब कर्जा नवीकरणको नाममा लिइएको शुल्कबारे पनि छानविन गर्ने भएको छ ।नेपाल राष्ट्र बैंकले गत साता सबै वाणिज्य बैंकहरुलाई पत्र काट्दै गत आर्थिक वर्ष २०७८/७९ र चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको कर्जा नवीकरण र त्यसको शुल्कको विवरण मगाएको छ […]

राष्ट्र बैंकले आज १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ अवधिको ७ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ गरी कुल १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । […]

चर्को ब्याज : व्यवसायीका माग राष्ट्र बैंकले कहिले सम्बोधन गर्ने ?

अर्थ राजनीति  ~  राजनीतिक दलहरू आगामी मंसिर ४ मा हुने आमनिर्वाचनका लागि सभा–सम्मेलन गर्न व्यस्त भएका बेला उद्योगी–व्यवसायी भने व्यवसाय जोगाउन भन्दै सडकमा ओर्लिएका छन् । तरलता अभावको बहानामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको र राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी पछिल्लो निर्देशिकाका कारण व्यवसाय धान्न सकिने अवस्था नरहेको व्यवसायीको भनाइ छ । अर्थमन्त्रालय, […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

अर्थ राजनीति  ~  झन्डै दुई वर्षपछि नेपाल आयल निगम नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको […]

आयल निगम नाफामा जाँदा पनि पेट्रोलियमको मूल्य घटाउन मानेन

अर्थ राजनीति  ~  नेपाल आयल निगमले नाफामा जाँदा पनि इन्धनको मूल्य घटाउन आलटाल गरिरहेको छ।दसैंभन्दा अघि भारतबाट आएको पेट्रोलियमको नयाँ मूल्यपछि निगम मासिक साढे एक अर्बभन्दामाथि नाफामा थियो। तर अक्टोबर १६ मा  इन्डियन आयल कर्पोरेशनले पठाएको पेट्रोलियममा नयाँ मूल्य बढेर आएकाले निगमको नाफा मासिक ७८ करोड रुपैयाँमा झरेको निगमले जनाएको छ। बढेर आएको नयाँ मूल्य […]