गभर्नरले सबै बैंकका प्रमुख कार्यकारीहरुलाई समसामयिक छलफलमा डाकेका छन्

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज दिउँसो तीन बजे सबै बैंकका प्रमुख कार्यकारीहरुलाई ‘समसामयिक विषयमा छलफल गर्ने’ भन्दै डाकेका हुन्। गभर्नरले बोलाएको छलफल कार्यक्रममा के कुरा राख्ने भनेर बैंकर्स संघमा सोमबार बिहान छलफल भएको छ। राष्ट्र बैंकले औपचारिक रुपमा एजेण्डा भने पठाएको छैन। बैंकरका अनुसार, अनौपचारिक कुरा हुँदा बैंकहरुको बढ्दो खराब ऋण, रोकिएको ऋण लगानी, महँगो ब्याज दरका बारेमा छलफल हुने छ। बैंकरले ऋणीहरुबाट कुटाइ खानु परेको विषय, सुरक्षाका बारेमा पनि छलफल हुने छ। सबै प्रमुख कार्यकारीहरुलाई व्यक्तिगत रूपमा कुरा राख्‍न भनिएको छ। त्यसो हुँदा संघले छुट्टै एजेण्डा भने बनाएको छैन। ‘मोटामोटी अहिलेको समस्या र समाधानका बारेमा छलफल हुने छ,’ एक बैंकरले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्