सेयर लगानीकर्ताले गुमाए एकै वर्षमा ९ खर्ब

अर्थ राजनीति  ~  सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब रुपैयाँ गुमाएका छन् । गत वर्षको माघदेखि चालु आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्ला महिनाहरूमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब […]

” विदेशी लगानीकर्ताको लागि एकल बिन्दु सेवा सुरू गर्दैछौं ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताहरुको समस्या समाधानका लागि सरकारले […]

उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

अर्थ राजनीति  ~  जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए । जवाफमा […]

बैंकहरुको निक्षेप ५ अर्बले बढ्यो , तरलतामा सुधार हुने

अर्थ राजनीति ~  बाणिज्य बैंकहरुले ऋण लगानीलाई स्थिर राख्दै निक्षेप ५ अर्ब रुपैयाँ बढि उठाएका छन्। नेपाल राष्ट्र बैंकको बिहीबारसम्मको तथ्यांक अनुसार, निक्षेप एकैदिन ५ अर्बले बढेको हो। बाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन ४७ खर्ब ४२ अर्ब रुपैयाँ थियो। बैंकसहित विकास बैंक र फाइनान्स कम्पनीको समेत जोड्ने […]

काठमाडौं महानगरका मेयर “बालेन ” आज लण्डन जाँदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने हुनुभएकाे छ। यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली साेमबार साँझ लण्डन जान लागेको हो । टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव […]

राष्ट्र बैंकले ल्यायो बैंकहरुका लागि अन्तिम ऋणदाता सुविधा

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी नियमावली सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा कार्यान्वयन गर्ने उद्देश्यले नियमावली ल्याएको हो । बैंकदरमा २ प्रतिशत थप ब्याज लाग्ने गरी बैंकहरुलाई यस्तो सुविधा दिन लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले यसरी पाएको सुविधा ६ महिनासम्म तिर्नुपर्ने हुन्छ […]

” तत्काल सरकारमा जान्नौ ” : सभापति लामिछाने

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। चितवनमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए। उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’ उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी […]

राष्ट्रपति पौडेल आज शीतल निवासमा

अर्थ राजनीति  ~  गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज (सोमबार) शीतल निवास छिर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल […]

राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि दिउँसो १ बजे

अर्थ राजनीति  ~  नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन्। राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ। प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन्। पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। राष्ट्रपति विद्यादेवी […]

ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलनमा उद्योगी व्यवसायी

अर्थ राजनीति  ~  बैंकको चर्को ब्याजदरलाई एकल अङ्कमा झार्न माग गर्दै आजदेखि उद्योगी व्यवसायीले आन्दोलन सुरु गरेका छन् । देशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर आज ११ बजेदेखि आन्दोलन सुरु गर्ने भएका हुन् । माइतीघर मण्डलामा सडकमै उत्रिएर ब्याजदर घटाउन माग गर्दै आन्दोलन गर्न लागेको मोरङ उद्योग सङ्गठनका अध्यक्ष नवीन रिजालले जानकारी दिए । […]