रास्वपाले बोलायो पदाधिकारी र संसदीय दल बैठक

अर्थ राजनीति ~  राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारीअनुसार शुक्रबार बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाइएको हो। उपराष्ट्रपति निर्वाचनकै दिन रास्वपाले पदाधिकारी र संसदीय दल बैठक राखेको छ। उपराष्ट्रपति चुनाव शुक्रबार हुँदैछ। जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता […]

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

अर्थ राजनीति   ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् । यसका लागि प्रधानमन्त्री प्रचण्डले तयारी थालेका छन् । महतका […]

माओवादी एकता प्रयासमा धक्का  

अर्थ राजनीति  ~  विस्तृत शान्तिसम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलहरूबीचको एकता प्रयासमा धक्का लागेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए । दाहालविरुद्ध मुद्दा लगाएर द्वन्द्वकालीन घाउ ब्युँताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर […]

कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

अर्थ राजनीति  ~  नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ । चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका […]

प्रधानमन्त्री प्रचण्ड र ६ प्रदेश प्रमुखहरूबीच भेटवार्ता

अर्थ राजनीति  ~   प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा काठमाडौं आएका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा समसामयिक छलफल भएको बताइएको छ । भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, […]

” पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ” : पर्यटन मन्त्री किराँती

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताएका छन्।बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाडौंमा शुरु भएको क्षेत्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लयमा फर्किन थालेको पर्यटन उद्योग प्रवर्द्धनका लागि  विकास, बिस्तार र विविधिकरण गर्न आवश्यक रहेको […]

बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

अर्थ राजनीति  ~  चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म सरकारले रू ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गर्दा राजस्व सङ्कलन भने रू ६ खर्ब २२ अर्ब ७८ करोड १४ लाख मात्रै छ । महालेखा नियन्त्रक कार्यालयले […]

” सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेका छौं ” : सभामुख घिमिरे

अर्थ राजनीति  ~  सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६ औँ महासभालाई बहराइनको राजधानी मनामामा आज साँझ सम्बोधन गर्दै उनले भने, ‘असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित […]

उपराष्ट्रपति पाउनैपर्ने जनमत पार्टीको अडान

अर्थ राजनीति  ~  उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी जनता समाजवादी पार्टी (जसपा)की प्रमीलाकुमारी यादवले आफ्नै दलका उम्मेदवार राम सहाय प्रसाद यादवलाई समर्थन गरेकी छन्। उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उनले वक्तव्य जारी गर्दै त्यस्तो घोषणा गरेकी हुन्। तर सत्ता पक्षीय गठबन्धनबाट अर्की उम्मेदवार पनि छन् जनमत पार्टीकी ममता झा। जनमत पार्टीका अध्यक्ष सीके राउतले समय अझैँ बाँकी […]

बिकास बैंकहरुले घटाए ब्याजदर, भोली देखी लागु हुने

अर्थ राजनीति  ~  बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन । डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।  जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको […]