प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पाँच मन्त्री रहने

अर्थ राजनीति  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोलीमा पाँच मन्त्री रहने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमण स्वीकृत गर्दैं भ्रमण टोलीमा पाँच जना मन्त्री रहने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। उनका अनुसार भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्तिबहादुर बस्नेत,परराष्ट्रमन्त्री एनपी साउद लगायतका […]

कांग्रेस र माओवादीका सांसद : “हतारमा कोशी नाम राखेर गल्ती भयो”

अर्थ राजनीति  ~  फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि मुख्यमन्त्री हिक्मत कार्कीले सन्तोषको सास फेर्दै भनेका थिए, ‘जता गए पनि नाम राख्नै नसकेको अपजसबाट अब हामीले मुक्ति पाएका छौं।’मुख्यमन्त्री कार्कीले यसरी सन्तोष प्रकट गरेको एक साता नबित्दै प्रदेशमा उनले सोचेभन्दा विपरीत अवस्था सिर्जना भयो। पहिचान पक्षधर शक्तिहरूले सडकमा नामकरणविरूद्ध आन्दोलन थालेपछि अशान्त बनेको प्रदेशको अवस्था […]

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला […]

रेशम चौधरीलाई माफी दिन मन्त्रिपरिषदको सिफारिस

अर्थ राजनीति  ~  सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिन सिफारिस गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषदको सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) चौधरीलाई माफी दिनेछन्। यसअघि सरकारले चौधरीलाई माफी […]

“भ्रष्टाचारविरूद्ध केही समयभित्रै अझै ठुल्ठुला एक्सन हुँदैछन् ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्ध अझै ठुला-ठुला एक्सन लिने  तयारीमा सरकार रहेको बताएका छन्। प्रेस सेन्टर नेपालको  १९ औं साधारणसभा एवम्  कृष्णसेन इच्छुकको २१ औं स्मृती दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका अन्य प्रकरणमा पनि सरकारले एक्सन लिने बताएका हुन्।  ‘ केही समयभित्रै अन्य ठुल्ठुला एक्सन हुनेछन्,’ उनले […]

” घरको होस् वा बार्दलीको, सबैमाथि छानविन हुनुपर्छ ” : गगन थापा

अर्थ राजनीति ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भुटानी शरणार्थीमा नाम मुछिएका सबैमाथि छानविन हुनुपर्ने बताएका छन् । बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यस्तो बताएका हुन् । उनले अहिले सरकारको परीक्षा समेत भइरहेकोसमेत बताए। ‘शरणार्थी प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ सबै नागरिकले हेरिरहेका छन्’ उनले भने, ‘यो सरकारको परीक्षा पनि हो […]

“नक्कली शरणार्थी प्रकरणमा प्रहरी प्रमुख समेत थपिएको आरोप छ ” : स्वर्णिम वाग्ले

अर्थ राजनीति  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्नेहरुमा प्रहरी प्रमुख समेत थपिएको बताएका छन् । बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले ‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने बताए । उनले भने–‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’ […]

“भ्रष्टाचारको सबै फाइल खोलेर अघि नबढाए संसद चल्न दिँदैनौँ ” : ज्ञानेन्द्र शाही

अर्थ राजनीति  ~  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ति फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । कर्णालीको विकासका लागि पैसा नभएको […]

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अर्थ राजनीति  ~  मन्त्रिपरिषद् बैठक आज पनि बसेको छ । मन्त्रिपरिषद्को बैठक बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको थियो।  प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसैबीच मंगलबार मात्रै सरकार ११ औं पटक विस्तार भएर मन्त्रिपरिषद्ले पूर्णता पाएको थियो। आजै साढे […]

नक्कली भुटानी शरणार्थी प्रकरण : आज १६ जनाविरुद्ध अदालतमा अभियोजन दर्ता

अर्थ राजनीति  ~  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीलाई बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्ने कार्यालयका प्रमुख […]