कांग्रेस १५ औं महाधिवेशन- राष्ट्रिय सभागृहमा धमाधम उम्मेदवारी
Artharajniti ~ नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मनोनयन फारम वितरण भइरहेको छ भने उम्मेदवारहरूले फारम भरिरहेका छन्। आजै उम्मेदवारी दर्ता हुनेछ। १५ औं महाधिवेशनमा ७ हजार ११४ महाधिवेशन प्रतिनिधि सहभागी रहनेछन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ताको काम अघि बढाएको हो। […]
