माछापुच्छे बैंकद्वारा ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

काठमाडौं । माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधरित आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो । गाह्रकले बैंकको विभिन्न सामजिक संजालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् । बैंकको गुणस्तरिय सेवा विस्तारका […]

मेगा बैंकद्वारा लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीलाई ब्ल्याङ्केट सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्याङ्केट सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केटको व्यवस्था गरेको हो । शितलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले लुम्बिनी विकास मञ्चमार्फत […]

इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन जंगीअड्डाको निर्देशन

काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म […]

अधिवक्ता अनन्तराज लुइँटेलद्वारा विज्ञापन ऐनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संघीय संसद्को दुवै सदनबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता अनन्तराज लुइँटेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई आज संवैधानिक इजलासमा दायर गरेको रिट निवेदनमा दुवै सदनबाट पारित भएको विज्ञापन ऐनले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गरेको उल्लेख गर्दै ऐन कार्यान्वयन नगर्न माग […]

असन्तुष्ट जिल्ला सभापतिहरुको भेला सकिएलगत्तै देउवाले दिए ‘ब्रेकफास्ट’ मिटिङको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग छलफल गर्ने भएका छन् । सोमबारदेखि पार्टी कार्यालय सानेमा भेला भएका संस्थापन इतरका जिल्ला सभापतिहरुलाई सभापति देउवाले विहीवार(भोलि) भेटघाटका लागि बोलाएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल–कृष्ण सिटौला समूहका जिल्ला सभापतिहरुलाई देउवाले छलफलका लागि बूढानिलकण्ठस्थित निवासमा बोलाएका हुन् । ‘सभापति ज्यूले जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाउनु […]

एभरेष्ट बैंकमा रोजगारीको सुवर्ण अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव, भ्याकेन्सीसहित

काठमाडौं । एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले २९ जनवरीसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रदेश ३ को स्थायी राजधानीबारे प्रस्ताव पेश

काठमाडौँ । तीन नम्बर प्रदेश सभामा स्थायी राजधानीबारे छलफल सुरु भएको छ । बुधबार बसेको ३ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सभामुख सानु श्रेष्ठले ३ को राजधानीका लागि सम्भाव्य राजधानीबारे प्रस्ताव पेश गर्न सांसद दीपक निरौलालाई अनुमति दिएका थिए । सभाुमखको अनुमतिमा सांसद निरौलाले उक्त प्रस्ताव पेश गरेपछि त्यसवारे छलफल सुरु भएको हो ।

इरान विमान दुर्घटना अपडेट : सबै यात्रुको मृत्यु

एजेन्सी । इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ । युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको थियो । युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले सबै यात्रू र चालकदलका सदस्यको मृतु भएको जनाएका हुन् । विमानमा १६७ यात्रु र नौ चालक दलका सदस्य गरि १७६ जना विमानमा रहेका सवार थिए । […]

काठमाडौंसहितका स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘काठमाडौं उपत्यकासहितका स्थानमा आज (बुधबार) र भोलि (बिहीबार) वर्षाको सम्भावना देखिन्छ’–मौसमविद् सचिना […]

मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न तिन पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । मु्क्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ३ पदमा १३५ जना कर्मचारी माग गरेको हो। बैंकले म्यानेजमेन्ट ट्रेनी २५ जना, ट्रेनी असिस्टेन्ट ८० जना, एसएमबी (स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरेको हो ।