इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन जंगीअड्डाको निर्देशन

Machchapuchchre

काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ । शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्