राजकुमार ह्यारी र मेगनले छाडे शाही कामकाज र पदवी

काठमाडौं । ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही अधिकार र उपाधि प्रयोग नगर्ने भएका छन्। अबदेखि उनीहरूले राजपरिवारको सदस्यका हैसियतमा पाउँदै आएको सार्वजनिक कोष पाउनेछैनन्। यसैगरी उनीहरुले दुबैको विवाहपछि बस्न प्रयोग गरेको फ्रगमोर कटेजको पुनःनिर्माणमा लागेको २.४ मिलियन पाउण्ड तिर्ने चाहाना राखेका छन्। सोको रंगरोगन लगायतको नयाँ मर्मत सम्भारका लागि करबाट उठेको […]

प्रदेश ५ संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, नाम र राजधानी टुंग्याउने तयारी

बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि गत जेठ २ […]

सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेश दत्त भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूनमन्त्री भानुभक्त ढकाललाई दुबै आयोगका पदाधिकारीहरुको नाम बुझाएको हो । स्रोतका अनुसार सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको […]

जनतालाई ठूलो आर्थिक अनुदानको भ्रममा पारेर एमसीसी पास गराए परिणाम गम्भीर हुने – बैद्य

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चीनलाई घेरा हाल्ने उद्देश्यमा अमेरिकाले मेलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौत अगाडि सारेको बताएका छन् । वैद्यले शनिबार एक विज्ञप्ति जारी गरेर पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई जमाउन र चीनलाई घेरा हाल्न हिन्द प्रशान्त रणनीति अगाडि सारेको बताए । “पूर्वी तथा दक्षिण एशियाली […]

इरानी राष्ट्रपति खामेनीले जाेकरको संज्ञा दिएपछि ट्रम्पको भने – ‘मुख सम्हालेर बोल’

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति आयातोल्लाह अली खामेनीलाई बोलीमा लगाम लगाउन चेतावनी दिएका छन् । शुक्रबार खामेनीले आफूलाई ‘जोकर’को संज्ञा दिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । शुक्रबार ट्वीट गर्दै ट्रम्पले खामेनीले अमेरिका र युरोपका बारेमा तुच्छ टिप्पणी गरेको बताएका छन् । ‘इरानका ‘तथाकथित सर्वोच्च नेता’, जो पछिल्लो समय सर्वोच्च छैनन्, उनले […]

द्वन्द्वकालीन मुद्दा सुल्झाउन सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच भयो दुई बुँदे समझदारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच द्वन्द्वकालीन मुद्दा समाधान गर्न दुई बुँदे समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको दुवै दलका शीर्ष नेताहरूको बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा नियुक्ति र कानुन निर्माणबारे समझदारी भएको हो । दुवै आयोगसँग सम्बन्धित […]

उपसभामुखले राजीनामा दिनुहुन्छ, अरु चर्चा जरूरी छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने बताएका छन्। सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै श्रेष्ठले उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए। सभामुख चयनमा ढिलाइ भएको उनले स्वीकार गरे। ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर […]

समाजवादी पार्टीको तीन महिने संगठन सुदृढीकरण अभियान शुरु

काठमाडौं ।समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको संघीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताएका छन् । पार्टीले आजदेखि शुरु गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताए । उनले त्यसका […]

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा केन्द्रित विद्यार्थी संगठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् । युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा […]

‘एमसीसी’बारे यस्तो छ अमेरिकी दूतावासको १० बुँदे प्रस्टोक्ति

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनैपनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै एमसीसी परियोजनाको लक्ष्य विद्युत् लाइन निर्माण र सडक स्तरोन्नति गरी आर्थिक विकासलाई सघाउने रहेको भन्दै दूतावासले त्यसमा कुनैपनि सैन्य मामिला नजोडिएको र एमसीसी परियोजनामा सैन्य […]