स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा केन्द्रित विद्यार्थी संगठन

Machchapuchchre

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका मुद्दामा ध्यान दिन थालेका हुन् ।

युग चेतनाका संवाहकका रुपमा लिइने विद्यार्थी र युवा पुस्तामा राजनीतिप्रतिको निराशा छाएका बेला भोलिको नेतृत्व निर्माणका लागि समेत विद्यार्थी सङ्गठन र स्ववियु निर्वाचनको महत्व हुने गरेको छ । आर्थिक अनियमितता र गलत काममा विद्यार्थी नेता मुछिएमा भोलिको नेतृत्व आशाप्रद हुन नसक्ने राजनीतिक इतिहासले देखाएकाले स्ववियु निर्वाचनलाई यी सङ्गठनले उच्च महत्व दिएका छन् ।

एक दशकपछि हुन लागेको ‘मिनी संसद्’ र युवा जनमत सङ्ग्रहका रुपमा लिइने स्ववियु निर्वाचनको तयारीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जुटिसकेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यसमितिको अवधि समाप्त भएकाले पार्टीले नेतृत्वबारे निर्णय गरेपछि संस्थागत र व्यवस्थितरुपमा लाग्ने तयारीमा छ ।

अनेरास्ववियुको केन्द्रीय कमिटीको एकतापछि गत पुस २७ र २८ गते काठमाडौँमा सम्पन्न प्रथम केन्द्रीय कमिटी बैठकले राष्ट्रियता, साङ्गठनिक र शैक्षिक मुद्दाहरुबारे निर्णय गरी सार्वजनिक शिक्षाको सुदृढीकरणमा अभियानसहित केन्द्रित हुने निर्णय गरेको छ ।

सो सङ्गठनका केन्द्रीय संयोजक ऐन महरले स्ववियु निर्वाचन तोकिएकै समयमा हुने भन्दै निर्वाचनका लागि स्थानीय क्याम्पसका साथै केन्द्रीकृत र राष्ट्रियताका मुद्दालाई प्राथमिकतामा राख्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्