सभामुखमा पुष्पा भुषाललाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने तयारी गरेको छ । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ । कांग्रेस शीर्ष तहमा यस बारेमा छलफल भएको स्रोतको भनाइ छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । आइतवार नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य […]

त्रिभुवन विमानस्थलमा बुद्ध र यति एयरलाइन्सका जहाज ठोक्किए

काठमाडौं । सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ । यता, विमानस्थल प्रहरीले भने बुद्ध एयरको जहाजले […]

सेन्टर माईक्रोफाइनान्सको कार्यकारी अध्यक्षमा रेवत कार्की नियुक्त

काठमाडौं । सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा डा. रेवतबहादुर कार्की नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष थिए । बोर्डको अध्यक्ष हुनुभन्दा पहिला उनले सोही संस्थामा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए । बोर्डमा […]

सभामुखको सिफारिसमा परेका अग्नी सापकोटाविरुद्ध अदालतमा मुद्धा, २२ गते पेशी

काठमाडौं । आइतबारमात्र नेपाल कम्युनिस्ट पार्टीबाट सभामुखको सिफारिसमा परेका नेकपा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध सर्वोच्च अदालतमा परेको १ मुद्धा र २ वटा रिटमा यही माघ २२ गते सुनुवाइ हुने भएको छ। उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा […]

संसद बैठक बस्दै, आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमबार (आज)का लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी […]

अनेरास्ववियुले टुंग्यायो ७७ जिल्लाकै संयोजक र सहसंयोजक

काठमाडौं । सत्तारुढ दान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अनेरास्ववियुले सबै जिल्लाका संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाएको छ । केन्द्रीय कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियुले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेको हो । केन्द्रीय कमिटीको पहिलो बैठकको कार्यादेशअनुसार जिल्ला संयोजक र सहसंयोजकको नाम टुङ्गो लगाइएको अनेरास्ववियुका संयोजक ऐन महरले जानकारी दिए ।

थप ४ स्थानमा सिटिजन्स बैंक शाखा बिस्तार

काठमाडौं । सिटिजन्स बैंकले थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको हो । उक्त शाखाहरुको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई […]

ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा, २ सय ५५ स्थानमा एटिएम सेवा !

काठमाडौँ । ग्लोबल आइएमई बैंकले २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबार देखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबार देखि नवलपरासी बर्दघाट सुस्ता–पश्चिमको सरावल गाँउपालिका, सरावलमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो। सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान […]

ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रभातफेरी कार्यक्रम, वित्तीय साक्षरता जगाउने उद्देश्य !

काठमाडौं । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसारलाई समाबेस गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको हो । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको […]

अग्नि सापकोटालाई नै सभामुखको उम्मेदवार बनाउने सत्तारुढ नेकपाको निर्णय

काठमाडौं । नेकपाले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि आइतबार बिहान नै नेता सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक […]