झापामा थप एकमा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५२ पुग्यो

अर्थ राजनीति – आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो । […]

लक डाउन वैशाख २५ सम्म; हवाइ उडान तथा अवतरण भने बैशाखकाे अन्तमसम्म लम्बियो

अर्थ राजनीति – नेपाल सरकारले कोरोनाभाइरसको जोखिम नेपालमा अझैं रहेको भन्दै लक डाउन (बन्दाबन्दी) लाई वैशाख २५ गते सम्म लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । साे जानकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिनुभएकाे हाे । साथै बैठकले इपीएस अन्तगर्त काेरीया जाने कामदारलार्इ दुबै देशका सरकारबीचकाे समझदारीमा जान दिन निर्णय समेत […]

बन्दाबन्दी अन्त्यको दुई सातापछि एसइईको तयारी

अर्थ रानितित – शिक्षा तथा विज्ञान मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर […]

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन (भिडियो)

अर्थ राजनीति –  जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादव जाहेरी दर्ता गर्न टेकु पुगेका थिए तर  परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जाहेरी दर्ता गर्न अस्वीकार गरेका छन् । खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं […]

सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन पुगे जनता समाजवादीका नेता – प्रहरी द्वारा मुद्दा दर्ता आलटाल

अर्थ राजनीति – आफ्ना सांसदको अपहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् । उक्त […]

साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : उपाध्यक्ष गौतम

अर्थ राजनीति – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाउनुभएको छ । उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका […]

वीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमित थपिए, संक्रमित को संख्या ५१ पुग्यो

अर्थ राजनीति – वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित […]

अहिले सम्म उपत्यका सुरक्षित

अर्थ राजनीति – सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ  । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ  । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन । काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना […]

लकडाउन पुन हप्ता दिन बढ्ने संकेत

अर्थ राजनीति – मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले लकडाउन एक हप्ता बढाउने सिफारिस गरेको बुझिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बिहानको बैठकले लकडाउनको मोडालिटी बारे टुंगो लगाउन कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले समितिलाई नेपाल कोरोना संक्रमणको जोखिमबाट मुक्त नभइसकेको र विभिन्न स्थानमा संक्रमण देखिने क्रम जारी रहेकाले लकडाउन एक हप्ता लम्ब्याउन […]

आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्म रोक

अर्थ राजनीति – शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य उडानमा लगाइएको रोक जेठ २ गतेसम्म बढाउने निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले हवाई उडानमा लगाइएको रोक आगामी जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले यसअघि वैशाख १८ गतेसम्म उडान बन्द […]