किम जङ-अनः अनेकौँ अड्कलबाजीबीच ‘सार्वजनिक कार्यक्रममा उपस्थित’

करिबा तिन हप्ता यता नदेखिएपछि किम जङ-अन गम्भीर बिरामी परेको हुनसक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन् । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) […]

भारतमा थप दुई साता लकडाउन लम्बियो

भारतले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ अर्थात् जेठ ४ गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिँदै लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक सय ३० जिल्लामा कुनै छुट नदिइने प्रष्ट गरेको छ । तर ‘अरेन्ज’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाले भने केही […]

लकडाउन खुकुलो पार्दै, पूर्ण रुपमा खोल्न सरकारलाई संसदीय समितिको निर्देशन

लकडाउनलाई सतर्कताका साथ खुकुलो बनाउँदै पूर्ण रूपमा खोल्न संसदीय समितिले सरकालाई निर्देशन दिएको छ । लामो समयसम्म बन्दाबन्दी हुँदा त्यसले जनजीवन अस्तव्यस्त पार्ने स्थितिलाई मध्यनजर गर्नुपर्नेमा समितिको जोड छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले हरेक परिवारबाट एकजनाको नमुना छनाेट गरी कोरोना परीक्षण गर्न पनि निर्देश गरेको छ । कोरोना परीक्षण कम भइरहेको […]

लकडाउन हटाउन अमेरिकाको मिसिगन राज्यमा हतियार सहित प्रदर्शन

अर्थ राजनीति – बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार अमेरिकी मिसिगन राज्यको मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोनाभाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपयले बुलेटप्रुफ भेष्ट समेत लगाएका थिए । ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बर भित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस […]

नेपालगञ्ज र रुपन्देहीमा दुई जनामा कोभिड-१९, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ५९

अर्थ राजनीति – नेपालगञ्ज र रुपन्देहीमा एक एक जना गरी पछिल्लो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ  । रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानकारी गराएको हो ।

आज देशभर बदलीसँगै वर्षाको सम्भावना: विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै केहि दिन सक्रिय

अर्थ राजनीति – पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै […]

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

अर्थ राज्नित्यी – रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् । पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो […]

मे दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीको शुभकामना सन्देश: कमीकमजोरी भए सच्याउनुपर्छ तर अराजक बन्‍ने होइन

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु, मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना । वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो […]

बैशाख २५ गतेपछि लकडाउनको स्वोरुप परिबर्तन हुदै, यस्तो छ योजना:

अर्थ राजनीति – बैशाख २५ गतेपछि सरकारले लकडाउन खुकुलो बनाउने तयारीमा लागेको बुझिएको छ । केही हिमाली तथा पहाडी जिल्लामा लकडाउन खोल्न लागिएको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो । […]

सर्वेन्द्र खनाल, र सांसदद्धय बस्नेत र श्रेष्ठविरुद्ध सांसद यादवद्धारा मानव अधिकार आयोगमा उजुरी

अर्थ राजनीति – महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालय काठमाडौंले किटानी जाहेरी लिन अस्वीकार गरेपछि सांसद यादवले मानवअधिकार आयोगमा किटानी जाहेरी दिएका हुन् ।  समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् । किटानी जाहेरीमा […]