थप १३ जनामा संक्रमण पुस्टि, कुल १३४ पुग्यो

अर्थ राजनीति – नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार […]

कपिलवस्तु जेष्ठ ५ गते सम्मका लागि ‘सील’

अर्थ राजनीति –  जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई ‘सील’ गर्ने निर्णय भएको कपिलवस्तु प्रहरी प्रमुख दीपशमसेर जबराले जानकारी दिएका छन । ‘आवतजावत गर्न पाइँदैन । मानिसहरु घरबाट निस्कन पनि पाइँदैन । कर्फ्यू बराबर हो,’ राणाले जानकारी गराए । उनले यो अवस्था सोमबार २९ गते साँझ ५ बजेदेखि […]

कोरोना भाइरसबाट संक्रमित १० जना थपिए, संक्रमित अधिकांश भारतबाट आएका

अर्थ राजनीति –  नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । आज कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण देखिए पछि नेपालभर कोरोना संक्रमितको संख्या १२० पुगेको हो । अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना देखिएको […]

उपत्यकामा चहल पहल बढ्यो

अर्थ राजनीति – सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् ।    सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लक डाउन’ खुकुलो भएको भन्ने बुझाइका […]

भारत द्वारा १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरि सडक निर्माण: पररास्ट्र मन्त्रि

अर्थ राजनीति – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९ किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको जानकारी दिएका छन् । मन्त्री ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रारम्भिक जानकारी पाएसँगै यसबारेमा विस्तृत जानकारी दिल्लीस्थित नेपाली दूतावासबाट मगाइसकेको पनि बताए । मन्त्री ज्ञवालीले […]

कर्मचारी भनेका बैंकका सम्पति हुन्, बिशेष राहत प्याकेज ल्याउनु परेमा पछि हट्दैनौ

अर्थ राजनीति – अहिलेको समय भनेको रास्ट्रको मात्र मुख ताक्ने समय नभएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनु भएको छ ׀ सम्पूर्णले आफ्नो तर्फ बाट सकेको सहायोग गर्नु पर्ने उहाँको धारणा छ ׀ कोरोना महामारीमा समेत सनराइज बैंकले ग्राहकलाइ निरंतर सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो ׀ त्यस्तै कर्मचारी तथा ग्राहक भनेको […]

विश्वभर कोरोनाबाट ७८ नेपालीको मृत्यु, छ हजार बढी संक्रमित

अर्थ राजनीति – विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा […]

थप एक जनामा कोरोना संक्रमण: कुल ११० पुग्यो

अर्थ राजनीति – उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

अर्थ राजिनिती – भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलोक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा […]

कोरोना कहर: ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार नाघ्यो

अर्थ राजनीति – कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २१५ पुगेको छ । शनिबार बिहासम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजार ६१५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३१ हजार २४१, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३० जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । १३ लाख […]