कोरोना भाइरसबाट संक्रमित १० जना थपिए, संक्रमित अधिकांश भारतबाट आएका

Machchapuchchre

अर्थ राजनीति –  नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । आज कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण देखिए पछि नेपालभर कोरोना संक्रमितको संख्या १२० पुगेको हो । अहिलेसम्म कपिलवस्तुमा १५ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारीअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको नयाँ परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो ।

संक्रमितहरुको उमेर १८ वर्षदेखि ३४ वर्षका छन्। एकजनाको उमेर नखुलेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरु सबै पुरुष हुन्।

लकडाउनपछि भारत, काठमाडौं लगायत विभिन्न ठाउँबाट आएका १ सय २५ जनालाई गौतम माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो।

अहिले सम्म ३१ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्