कपिलवस्तु जेष्ठ ५ गते सम्मका लागि ‘सील’

Machchapuchchre

अर्थ राजनीति –  जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई ‘सील’ गर्ने निर्णय भएको कपिलवस्तु प्रहरी प्रमुख दीपशमसेर जबराले जानकारी दिएका छन ।

‘आवतजावत गर्न पाइँदैन । मानिसहरु घरबाट निस्कन पनि पाइँदैन । कर्फ्यू बराबर हो,’ राणाले जानकारी गराए ।

उनले यो अवस्था सोमबार २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुने बताए । कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् ।

सोमवार मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।

यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए । कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्ममा १९ सय बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाइ छ । त्यसमध्ये ति व्यक्तिहरु गएराती नेपाल प्रवेश गरेको स्थानीयहरु बताउँछन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्