संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता

अर्थ राजनीति ~ मन्त्रिपरिषद्को निर्णय अनुसार निशान छापभित्र अंकित नक्सा परिवर्तनका लागि संविधान संशोधनको विधेयक संसद सचिवालयमा दर्ता भएको छ। उक्त प्रस्ताव दर्ता भएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा […]

नेपाल भारत सीमा बिबाद; समाधानका उपाय के ?

अर्थ राजनीति ~ नेपाल–भारत सम्बन्धमा कालापानी क्षेत्रको विवाद यस्तो गाँठो हो, जसलाई नफुकाई भविष्यमा द्विपक्षीय सम्बन्ध सौहार्द बन्न सक्दैन ।  यो सीमा विवाद त्यतिवेला मात्र साम्य हुन्छ, जतिवेला दुवै देशका सरकार उपलब्ध तथ्य र प्रमाणमा आधारित भएर खुला छलफलका लागि वार्तामा बस्न राजी हुन्छन् । यस्तो छलफलका लागि नेपालले पहलकदमी लिनुपर्ने उपयुक्त वेला आएको छ […]

नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो, विश्वभरमा ५१ लाख ९७ हजार बढी, ३ लाख ३४ हजारको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । कोरोना भाइरस संक्रमणका कारण हालसम्म विश्वभरमा ३ लाख ३४ हजारको मृत्यु भएको छ । आज बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ लाख ३४ हजार ५७ […]

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण, कुल संक्रमितको संख्या ४५७ पुग्यो

 अर्थ राजनीति ~ नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो। बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

थप ९ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ४ सय ५३ पुग्यो

अर्थ राजनीति ~ बिहीबार झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । झापामा ८ जना र रुपन्देही १ जना गरि थप ९ जना कोरोना संक्रमित भएको  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको […]

उपत्यकाका सम्पूर्ण नाका पूर्णरुपमा सील गर्न गृहको निर्देशन (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~ काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सील गर्न गृह मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । कोरोना भाइरस कोभिड १९ को जोखिम बढीरहँदा सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं उपत्यका प्रवेश गर्नेको सँख्या पनि दिनहुँ बढीरहेको पाइएको भन्दै गृहले सबै स्थानीय तहलाई काठमाडौं प्रवेशमा कडाइ गर्न परिपत्र गरेको हो । जेठ […]

कोरोनाका कारण नेपालमा अर्का व्यक्तिको मृत्यु, बचाउन अनेकौं प्रयास गरेपनि बचाउन नसकिएको (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~ गुल्मीका पहिलो कोरोना संक्रमितको मृत्यु प्रति प्रदेश नम्बर ५ सरकारले दुःख व्यक्त गरेको छ । प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संक्रमितको बिहीबार बिहान मृत्यु भएको पुष्टि गरेको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय शिक्षकको निधन […]

कोरोनाले रेकर्ड तोड्दै: सम्भवत पहिलो पटक एकैदिन संक्रमित हुनेको संख्या एक लाखभन्दा बढी, नेपालमा ४४४ पुग्यो

अर्थ राजनीति ~ गत २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो । कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् […]

भारतको प्रतिक्रिया : नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य

अर्थ राजनीति ~ भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव उनले भनेका छन्, ‘नेपालले […]

कालिमाटी र मैतिदेबी सिल, काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या १९ पुग्यो

अर्थ राजनीति ~ महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) र जवानमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुधबार बिहानदेखि कालिमाटीक्षेत्र सिल गरिएको छ । त्यस्तै, मैतिदेवी बस्दैआएका जुम्ल्याहा दाजुभाइमध्ये एकजनामा कोरोना सङ्क्रमण देखिएपछि सो क्षेत्र पनि सिल गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार, कालिमाटी वृत्त परिसरमा रहेका महानगरीय ट्राफिक प्रहरी र महिला […]