परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोलीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको भ्रमण गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आउदो मंसिर ७ गतेदेखि रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन् । ९ गते रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएपछि मन्त्री ज्ञवाली नेतृत्वको टोली त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले मंसिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रुस सम्बन्ध तथा […]

अर्थ राजनीति डटकम को प्रधान सम्पादकमा अर्थविद् मनोज पौड्याल

काठमाडौँ । मौद्रिक अर्थशास्त्रका पीएचडी स्कोलर अर्थविद् मनोज पौड्याल अर्थ राजनीति डटकमको प्रधान सम्पादकमा नियुक्त हुनुभएको छ । संचालक कम्पनीले उनलाई अनलाइनको सम्पादकमा नियुक्त गरेको हो । नेपाली टेलिभिजन क्षेत्रकै एक मात्र विशुद्ध बैंकिङ कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ का प्रस्तोतासमेत रहनुभएका उहाँ लामो समय बैंकिङमा समेत बिताएका व्यक्ति हुनुहुन्छ । नेपालकै पहिलो बैंक तथा ग्राहक दुवै पक्षलाइ सहजीकरण गर्ने संस्थागत संस्था ‘बैंकिङ  एण्ड फाइनान्सियल सोलुसन […]

एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकले स्पामा ३०% छुट पाउने

एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउने छन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका […]

कालापानीमा नेपालमाथि भारतले बलमिच्याइँ गर्‍यो, सहने कुरा हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए । उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी […]

भारतीय दादागिरीको विरोध गर्विदा विप्लव नेकपाका ७ जना पक्राउ, को को परे ?

विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

वीरगञ्ज गोलीकाण्ड : अपहरणकारी भनिएका राजकुमार निर्दोष भएको परिवारको दावी…!

वीरगञ्ज गोली काण्डमा अपहरणकारी भनी प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानेको गोली लाग्ने युवकका अभिभावकले आरोप लगाएका छन् । कात्तिक २० गते गोली हानेर नियन्त्रणमा लिएका पर्साको पोखरीया नगरपालिका वडा नं ९ सेमरवारीका २० बर्षका राजकुमार दास निर्दोष रहेको दावी अभिभावकले गरेका हुन् । दाहिने खुट्टामा गोली लागेर घाइते भएका दासको नारायणी अस्पतालमा कडा सुरक्षाकाबीच उपचार […]

बैंक सञ्चालकलाई गभर्नरको सुझाव : धेरै नाफा कमाउन नखोज्नुस्

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । सोमबार समृद्धि फाइनान्स कम्पनीको उद्घाटन गर्दै उनले धेरै सञ्चालकले बैंक तथा वित्तीय संस्थालाई बिजनेसको रुपमा लिने गरेको टिप्पणी गरे । ‘बैंक वित्तीय संस्था भनेको पव्लिक हो, प्राइभेट हुदै होइन’ गभर्नर नेपालले भने, धेरै नाफा कमाउनु […]

गोल्छा भावि अध्यक्ष पक्का भएपछि महासंघमा वरिष्ठ उपाध्यक्षको दौड

गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् । एउटा कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई हटाउने वा नहटाउनेमा चरम विवाद थियो । निर्वाचन प्रणालिबाटै नयाँ अध्यक्ष चुन्नुपर्ने पक्षमा पूर्वअध्यक्ष चण्ढीराज ढकालले तीव्र लविङ […]

राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नू

संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् । मन्त्री अर्यालले पनि नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको […]

हामी ‘अर्थ राजनीति डटकम’ लिएर आयौँ’ (प्रकाशकीय)

देशमा आर्थिक र राजनीतिक घटनाहरु घटिरहेका हुन्छन् । आर्थिक घटना र राजनीतिक घटना एक अर्काका परिपूरक हुन् । राजनीतिमा चासो राख्नेले आर्थिक र आर्थिक मुद्धामा चासो राख्नेले राजनीतिक कुराहरुमा पनि धेरै ध्यान दिइरहेका हुन्छन् । हाम्रो समग्रको बजार अनुसन्धानले अर्थ र राजनीतिलाई सँगै हेर्ने पाठकको संख्या बढेको देखाएको छ । त्यसैले हामी ‘अर्थ राजनीति डटकम’ […]