पूर्व राष्ट्रपति डा. यादवको चिन्ता – चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुन्छ

सिन्धुली । पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । जनकपुरबाट काठमाडौं जानेक्रममा पारिवारिक भेटघाट भन्दै पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिएका डा. यादवले चुरे संरक्षणको चर्चा गर्दै २० वर्षे गुरुयोजना संसदमा अलपत्र परेको दुःखेसो पोखे । मधेसी तथा पहाडिया कुनै पनि संसदले चुरेको कुरा संसदमा नउठाउँदा आफूलाई […]

उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चको आदेश, ‘अजय श्रेष्ठलाई रिहा गर्नू’

सर्वोच्च अदालतले बैंक अफ काठमान्डूका पूर्व सिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । थप विवरण आउन बाँकी छ ।

हतियार राखेर फसाउन खोजेपछि विप्लवपुत्र प्रकाशले निकाले यस्तो कडा विज्ञप्ति, विद्यार्थी आक्रोशित

काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले प्रहरी र प्रशासन मिलेर होस्टलमा हतियार राखी तस्बिर खिचाएर विद्यार्थीलाई फसाउन खोजेको भन्दै आक्रोश पोखेका छन् । साथै सरकारले मेडिकल माफियाको स्वार्थमा फसेर विद्यार्थी र अभिभावकको घाँटी रे’टि’र’हे’को बताएका छन् । नेकपा महासचिव विप्लवपुत्र समेत रहेका प्रकाश चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्य […]

ऊर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता, जलविद्युत लगायतका विषयमा छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटमा उर्जामन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन […]

रुपन्देहीको ओडवलियामा एनआईसी एशिया बैंकको ४३ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा ४३ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त भएका हुन् । ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले गाउँमै स्थानीय […]

श्री लिलाराम माध्यामिक विद्यालयलाई महालक्ष्मी विकास बैंकले हस्तान्तरण गर्यो बाल उद्यान सामाग्री

काठमाडौं । महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले शुक्रबार नारायणपथमा अवस्थित श्री लिलाराम माध्यामिक विद्यालयमा बाल उद्यान सम्बन्धी पिङ्ग, चिप्लेटी, ढिके पिङ्ग, तेर्साे भर्याङ लगायतका सामाग्री हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी , महालक्ष्मी विकास बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको […]

वैधानिक हतियार बुझाउन गृहमन्त्रालयको अल्टिमेटम, चुनावपछि फिर्ता लैजान पाइने

काठमाडौं । गृह मन्त्रालयले अनुमतिप्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ । यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । आगामी मंसिर १४ […]

बाहिरिएका र नयाँ मन्त्रीका पत्नीसहितलाई बालुवाटारमा प्रधानमन्त्रीको डिनर पार्टी, काे गएनन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनपछि बाहिरिएका र नयाँ मन्त्रीहरुको स्वागतमा ‘डिनर पार्टी’ आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ नयाँ र पूराना मन्त्रीहरुलाई परिवारसहित बोलाएका थिए । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरलले प्रधानमन्त्री केपी शर्मा ओलीको निवसमा मन्त्रीज्यूहरु परिवारसहित भन्दै सामाजिक सञ्जालमा फोटोसमेत सेयर गरेका छन् […]

पत्रकार महासंघकाे आज उपत्यकासहित देशभर प्रदर्शन

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै आज उपत्यकासहित सातै प्रदेशमा प्रदर्शन गर्दैछ । विश्व अन्तर्रा्ष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा दण्डहीनताको अन्त्य र प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रदर्शन गर्ने महासचिव रमेश विष्टद्धारा शनिवार जारी विज्ञप्तीमा जनाइएको छ । पत्रकार […]

राष्ट्रपति भण्डारी श्री ६, ओली श्री ५ र प्रचण्ड श्री ३ बने – गगन थापा

पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार निरङ्कुश बनेकाे अाराेप लगाएका छन । सरकारले लगातार कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको भन्दै थापाले विगतका श्री ५ भन्दा पनि अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य केही नेताहरु पर पुगेकाे दावी गरे । कास्की २ को उपनिर्वाचन पार्टीका उम्मेदवारलाइ सहयाेग गर्न पाेखरा […]